दलित नेता र सभासद अधिकारका लागि जुट्दै

काठमाडौं, ३० वैशाख । नयाँ संविधानमा दलितका हक अधिकार सुनिश्चित गर्न विभिन्न पार्टीमा आवद्ध सभासद् एवम् केन्द्रीय सदस्यहरूले माग गरेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा उनीहरुले दलितका अधिकार नयाँ संविधानमा राख्न माग गरेका हुन् । बैठकमा दलित सभासद् मञ्च, संयुक्त राजनीतिक सङ्घर्ष दलित सङ्घर्ष समितिलगायत पार्टीका सभासद् एवम् केन्द्रीय नेताको सहभागिता थियो ।
सुरक्षित दलित निर्वाचन क्षेत्रसहित राज्यका हरेक निकायमा दलित वर्गको समानुपातिक सहभागिताका बारेमा छलफल भएको कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले बताए ।

प्रतिक्रिया