‘जातीय सभासदद्वारा ह्वीप उलंघन गर्ने संकेत’

काठमाडौं, २८ वैशाख । जातीय राज्यको बिरोधमा मुलुक भरी बिभिन्न आन्दोलन चलिरहेका समयमा जनजाति सभासदले भने एकल पहिचान सहितको जातीय राज्यका पक्षमा संविधानसभामा एकभई जाने निर्णय गरेका छन् ।
सिंहदरबारमा आज बसेको जातीय सभासदहरुको समूह ‘ककस’, दलित, मुस्लिम र मधेसी मोर्चामा आबद्ध सभासदहरुको बैठकले जातीय राज्यका पक्षमा एकै ठाउँमा मतदान गर्ने गर्ने निर्णय गरेको ‘ककस’का संयोजक पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘संविधानसभामा पार्टीको ह्वीप नलाग्ने भएकाले जनजाति सभासदहरु एक भएर जाने निर्णय गरेका छौं ।’
बैठकले जातीय आधारमा राज्य पुनर्संरचनाको पक्षमा मतदान गर्ने निर्णय गरेको गुरुङले बताए ।
बैठक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, जनजाति सभासदहरुको समूह (ककस), मुसलमान तथा स्वतन्त्र सभासद सहितका सभासदको सभागिता रहेको थियो ।
उनीहरुले एकल पहिचानमा आधारित राज्यको पुनर्संरचनाका पक्षमा मतदान गर्ने निर्णय गर्नुका साथै राज्यको पुनर्संरचना तथा शक्ति बाँडफाँट समितिले तयार पारेको १४ प्रदेशको अवधारणा एवं राज्य पुनर्संरचना आयोगको बहुमतले तयार पारेको ११ प्रदेशको प्रतिवेदनलाई आधार बनाउने निर्णय पनि गरेका छन् ।
उनीहरुले एकल पहिचान सहितको संघीय राज्य पुनर्संरचनाका लागि राजनीतिक दल र संवैधानिक समितिमा संयुक्त रुपमा लविङ गर्ने निर्णय गरेको संयोगक गुरुङले बताए ।

 

प्रतिक्रिया