संकटकाल लगाएर संविधानसभाको म्याद थपे जनविद्रोह

काठमाडौं, २७ वैशाख । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थप्ने तयारी भइरहेको खुलासा गरेका छन् ।
राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा यादवले आफ्नो दलले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।
‘कांग्रेस, माओवादी र एमालेले तीन प्रमुख दलले त्यो गोप्य सहमति गरेका छन्,’ उनले भने, ‘हामी त्यस्तो सहमति कुनै पनि हालतमा मान्दैनौं, जनविद्रोहमा जान्छौं ।’
नेता यादवले जेठ १४ मा संविधान नआए मधेसका साथैदेशैभरि जनविद्रोह हुने दाबी गरे ।
वर्तमान सरकारमा आफ्नो दल कुनै हालतमा नजाने उनले बताए । ‘यो बाबुरामजीको बहुमतको सरकार हो, राष्ट्रिय सहमतिको सरकार होइन,’ उनले भने– मधेसमा अब तीन दलको मतियार बनेको मधेसी मोर्चाका विरुद्ध पनि आन्दोलन हुन्छ, मधेसलाई भँजाएर सत्तामा बस्नेलाई अब हामी छाड्दैनौं ।

प्रतिक्रिया