कलेज बस दुर्घटनामा २० विद्यार्थी घाईते

काठमाडौं, २७ वैशाख । ललितपुर जिल्लाको घुसेल–१, देवीचौरमा आज कलेजको बस दुर्घटना हुँदा चालक सहित २० जना विद्यार्थी घाईते भएका छन् ।
बा २ ख ५५१० नम्वरको बस देवीचौर भन्ने स्थनमा पल्टिदा २० जना विद्यार्थी घाईते भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । घाईते सबै ललितपुरस्थित निल्स कलेजका विद्यार्थी हुन् । उनीहरुको स्थानीय अस्पतालमा प्रारम्भीक उपचार भएको छ ।
घाईते हुनेमा चालक श्रीष न्यौपाने, विद्यार्थी प्रतिमा केसी, प्रेमलाल रञ्जित, सौगात घिमिरे लगायत २० जना रहेका छन् ।

प्रतिक्रिया