संविधानसभा बैठक पुनः स्थगित

काठमाडौं, २६ वैशाख । दलहरु सहमतिका लागि जुटेपछि आजपनि संविधानसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
अर्को बैठक बुधबार अपरान्ह तीन वजे बस्ने छ । यस अघि संविधानसभा बैठक सूचना टाँस गरेर ६ पटकसम्म स्थगित भईसकेको छ । दलहरुका वीच सहमति हुन नसकेका राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायतका विषयमा संविधानसभाबाट मतदान माफर्त टुङगाउने सहमित यस अघि भईसकेको छ ।
नयाँ संविधानका विवादित विषयमा प्रमुख दलहरुले बुधबारसम्म सहमतिका लागि प्रयास गर्ने भन्दै समय माग गरेपछि संवैधानिक समितिले समय उपलब्ध गराई सकेको छ ।

प्रतिक्रिया