विवादित विषयमा कांग्रेस/एमाले नजिक

काठमाडौं, २६ वैशाख । राज्य पुनर्संरचना र शासकीय स्वरुपका विषयमा कांग्रेस र एमालेले केही नजिक रहेको जनाएका छन् ।
राज्य पुनर्संरचन गर्दा संघीय राज्यको संख्या, नामाकरण र अन्य विषयमा सहमतिको निजक रहेको नेताहरुले बताएका छन् । उनीहरुका वीच संघीय राज्य बनाउदा पहिचा र सामथ्र्यलाई आधार बनाउने, थोरै संघीय राज्य बनाउने लगायतमा सहमति भएको छ ।
शासकीय स्वरुपमा पनि दुई दल नजिक रहेको जनाएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीमा अधिकार बाँड्नका लागि कांग्रेस र एमाले तयार भएका छन् । एमालेले मिश्रित शासकीय स्वरुपमा जान प्रस्ताव गर्दै आएको छ ।
एमालेको पार्टी कार्यालय बल्खुमा आज भएको कांग्रेस र एमालेका शीर्ष नेतृत्ववीच राज्य पुनर्संरचना र शासकीय स्वरुपमा मिलेर जाने सहमति भएको हो ।
राज्य पुनर्संरचना र शासकीय स्वरुपमा दलहरुका वीच हुने सहमतिका आधारमा सरकारमा जाने जनाएको एमालेले त्यस विषयमा पनि कांग्रेससँग छलफल गरेको थियो ।
एमालेले मन्त्रालय विभाजनमा केही लचक हुनका लागि एमाओवादीलाई आग्रह गर्दै आएको छ । सरकारमा सहभागी हुने पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेको एमाले पछिल्लो समयमा सरकारमा सहभागी नभई बाहिरै बसेको छ ।

प्रतिक्रिया