रेल मार्ग/मुआब्जा रकम निकासा गर्न निर्देशन

काठमाडौं, २५ वैशाख । संसदको सार्वजनिक लेखा समितिले मुलुकका बिभिन्न भाग हुँदै निर्माण हुन लागेको पूर्व–पश्चिम रेल मार्ग निर्माणका क्रममा अधिगृहण गरिने जग्गाको मुआब्जा रकम निकासा गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले रेलमार्ग निर्माणका क्रममा जग्गा वा घरको मुआब्जा उपलब्ध गराउनुपर्ने भन्दै सोको वजेट निकासा सात दिन भित्र गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको सभापति रामकृष्ण यादवले जानकारी दिए ।
उनले भौतिक योजना मन्त्रालयलाई आवश्यक पर्ने रकम रकमान्तर गरेरै भएपनि उपलब्ध गराउन र त्यसका जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको बताए ।
त्यसै गरेर समितिले निकासा हुने रकम एक महिना भित्र जग्गा मुआब्जा भएका पीडितलाई उपलब्ध गराउन समेत भनेको छ ।

प्रतिक्रिया