गैडाको खाग र चितुवाको छाला बरामद

काठमाडौं, २४ वैशाख । दाङ घर भएका एक युवकलाई प्रहरीले काठमाडौंमा गैंडाको खाग सहित पक्राउ गरेको छ ।
गोंगबु पवित्रनगरस्थित लम्जुङ स्थायी घर भएका प्रमोद अधिकारीको डेराकोठाबाट घोराही नगरपालिका–७ का तेज बिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बिक हाल मनमैजु नेपालटारमा बस्दै आएका थिए ।
बिकको पिछा गर्दै जाँदा प्रहरीले २७ वर्षीय बि.क. र अधिकारीलाई गैंडाको खाग १ थान सहित पक्राउ गरेको जनाएको छ ।
यसैवीच, प्रहरीले बालाजु नेपालटार पुल नजिकबाट नुवाकोट जिल्ला सामरीफलाटे–३ घर भएका ५३ वर्षीय बिष्णु तामाङसँग चितुवाको छाला सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया