सबैले प्रान्त पाउछनः अध्यक्ष महतो

जनकपुर, २२ वैशाख । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको २४ दिनभित्रै देशमा संविधान जारी हुने बताएका छन् । उनले संविधान निर्माणका लागि बाकी रहेको २४ दिनभित्रै नेपाली जनताले संविधान पाउने ठोकुवा गरे ।
जनकपुरमा आजदेखि सुरु भएको पार्टीको पाचौ महाधिवेशनको उद्घाट्न गर्दै अध्यक्ष महतोले अब बन्ने संविधानमा मुलुकको हरेक क्षेत्रका जनतालाई उनीहरुको प्रान्त मिल्ने दाबी गरे । अध्यक्ष महतोले राष्ट्रिय सहमतिको सरकार अबको एकदुई दिन भित्रै गठन हुने र जेठ १४ मै संविधान जारी हुने जानकारी दिए ।
उनले देश संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले हस्ताक्षर गरेको सरकारको ४ बुंदे समझौतापत्रको परिणामस्वरुप नै शान्ति प्रक्रियाको महत्वपूर्ण कार्य माओवादी लडाकुको समायोजन निष्कर्षमा पुग्न लागेको जनाए ।

प्रतिक्रिया