चितवनका कैदी बन्दी आन्दोलित

चितवन, २२ वैशाख । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक भक्तमान श्रेष्ठको अपहरण मुद्धामा जिल्ला कारागार चितवनमा रहेका कैदीहरुले कारागार भित्रको वातावरण असुरक्षित बनाएको आरोप लगाएर उनीहरुलाई अन्यत्र सार्न अन्य कैदी बन्दीले दबाब दिएका छन् ।
अपहरण मुद्धामा जेलमा रहेका चार जना कैदीहरुले कारागार भित्रैबाट डाक्टर श्रेष्ठलाई थर्काउने, भाग्ने योजना बनाउने लगायतका अपराधिक क्रियाकलाप गर्न थालेको भन्दै कैदी बन्दीले कारागार प्रशासनस“ग उनीहरुलाई सार्न दबाब दिएका हुन् ।
कैदी बन्दीले उनीहरुलाई सार्ने निर्णय नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । चेवतानीसंगै जिल्ला कारागार चितवनमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ ।
कारागारका जेलर टोलप्रसाद शर्माले उनीहरुलाई के गर्ने भन्नेबारे बैठकले निर्णय गर्ने बताए । कैदी तथा बन्दीहरुले उनीहरुलाई कारागारबाट अन्यत्र नलगे नाइके, चौकीदारले काम नगर्ने, आफन्तस“ग भेटघाट रोक्ने लगायतका चेतावनी दिएका थिए ।
कारागार सुरक्षाको दृष्टिले संवेदनशिल कारागार मानिन्छ । कारागारमा गएको मंसिरमा थुनामा रहेका तत्कालिन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलमाथि कुटपीट गरिएको थियो । कुटपीटका कारण पौडेलको ज्यान गईसकोके छ ।

प्रतिक्रिया