दुई समूहको झडपमा सर्वसाधारलाई सास्ती

विराटनगर २१ वैशाख । एमाओवादी र कांग्रेस समर्थकको पुरानो व्यक्तिगत दुश्मनीका कारण झडप हुंदा मोरङमा आज सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।

उर्लावारीमा भएको दुई युवा समुहको झगडालाई लिएर कांग्रेस सर्मथकहरुले मोरङ र सुनसरीका विभिन्न स्थानमा राजमार्ग वन्द गरेपछि सर्वसाधारणले सास्ती पाएका हुन् । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले केही युवालाई पक्राउ गरेपछि कांग्रेसका कार्यकर्ताले छाड्न दबाव दिदै राजमार्ग वन्द गराएका थिए ।

वुधवार उर्लावारी–२ का सुसन लिम्बु र सोही ठाउका खड्ग फागो लगायतका युवाहरुवीच पुरानो दुश्मनीको विषयलाई लिएर झडप भएको थियो । झडपमा सुसन लिम्वु गम्भिर घाईते भएपछि फागो सहित दुवैतर्फका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेस कार्यकर्ताले पक्राउ परेका आफ्ना निर्दोष रहेको दाबी गरेको छ । फागो कांग्रेस मोरङका क्षेत्रीय सभापतिपनि हुन भने घाईते सुसन लिम्वु एमाओवादी सर्मिथत जनस्वम सेवक व्युरो मोरङका क्षेत्रीय संयोजक हुन् ।

प्रतिक्रिया