रामानन्द चोक नजिकै बम विष्फोट

धनुषा, २० वैशाख ।  जनकपुरको रामानन्द चोक नजिकै आज फेरि बम विष्फोट भएको छ । चोकबाट डेढ सय मिटरको दुरीमा रहेको रामजानकी सिनेमा हल नजिकै विष्फोटको आवाज आएपछि सर्वसाधारणहरु त्रसित बनेका छन् ।
बम विस्फोट भएपनि कुनै क्षति भने नभएको प्रहरीको भनाई छ । बम विस्फोट कसले र किन गराएको हो त्यस सम्बन्धमा अहिलेसम्म केही खुल्न सकेको छैन । दुई दिनअघि मात्र चार जनाको ज्यान जानेगरी विष्फोट भएकोले सर्वसाधारणहरु झन् त्रास बनेका छन् ।

यसीवीच, दुईदिन अघि जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटमा प्रयोग गरिएको मोटरसाइकल धनीलाई प्रहरीले पक्राउ गरेको छ ।
यातायात कार्यालयको विवरणअनुसार उक्त मोटरसाइकल इटहर्वाकटीका जयप्रकाश साहको नाममा रहेको खुलेपछि प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो ।
ज २ प ९३९५ नम्बरको मोटरसाइकल घटनास्थलमै क्षतविक्षत अवस्थामा फेला परेको थियो । मिथिला राज्य माग गर्दै भइरहेको शान्तिपूर्ण धर्नाका क्रममा सोमबार बम विस्फोट हुदा“ चारजनाको ज्यान गएको थियो भने ३१ घाइते भएका थिए ।
विस्फोटलगत्तै पक्राउ परेका सप्तरी विषहरिया–८ का जयप्रकाश चौधरीको संलग्नता भने खुलेको छैन । सुरुमा उनैले मोटरसाइकलमा बम राखेर भागेको आशंकामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । मंगलबारसम्मको अनुसन्धानमा उनी बम पड्किदा डराएर भागेको हुनसक्ने प्रहरीले जनाएको छ ।
अनुसन्धान स्रोतका अनुसार साहले रातो–कालो रंगको मोटरसाइकल आºनो भएको स्वीकार गरेपनि त्यसमा बम नभएको दाबी गरेका छन् । उनले धर्नास्थल भन्दा पर ह्यान्डल लक गरी मोटरसाइकल पार्क गरेको बताएका छन् । त्याहा“बाट अरू कसैले नजिकै लगेर राखेको उनको बयान छ ।
अनुसन्धानमा स्थानीय प्रहरीस“गै केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको छ । ब्युरोबाट डिएसपी भुपेन्द्र खत्री नेतृत्वको टोली जनकपुर पुगेको छ ।

प्रतिक्रिया