आगलागीबाट ५५ घर, गोठ नष्ट

विराटनगर, १९ वैशाख । सुनसरीको भुटाहा–७ मा आगलागी हुँदा ५५ घर, गोठ जलेर नष्ट भएका छन् ।
आगलागीमा परेर ६ वटा बाख्रा र एउटा भैंसी समेत जलेर मरेको प्रहरीले जनाएको छ ।
स्थानीय फुराई मियाँको घरको गोठमा रहेको घुरबाट सल्केको आगोले ५५ घर गोठ जलेका हुन् ।
आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आज विहान मात्रै नियन्त्रणमा आएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरले जनाएको छ ।
आगालागीबाट झण्डै १ करोड ५० लाख क्षति भएको  प्रहरीको भनाई छ ।    सौर्य

प्रतिक्रिया