बाजुरामा कीर्तिमानी आरोही आप्पा

कैलाली, १ बैशाख । २२ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका विख्यात आरोही आप्पा शेर्पाको टोली बाजुरा पुगेको छ ।

हिमालय रेन्जमा जलवायु परिर्वतनको अवस्था अध्ययन र पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले १३ सय ८२ किलोमिटर दूरी पार गर्दै आप्पा टोली बाजुरा पुगेको हो ।

आप्पा टोलीमा दुई पटक सगरमाथा आरोहण गरिसकेका दावा शेर्पा, ब्रिटिस काउन्सिलका क्लाइमेट च्याम्पीयन शौरभ ढकाल, फोटोग्राफर समीरजंग थापा लगायत रहेका छन् ।

आज बाजुराको मार्तडी पुगेको आप्पा टोलीलाई नेपाल पत्रकार महासंघ बाजुराले स्वागत गरेको थियो । टोलीले बाजुरामा एक कार्यक्रम गरी बझाङतर्फ लागेको छ ।

यो टोलीले बाजुरा, बझाङ लगायतका क्लाइमेट स्मार्ट सेलिब्रेटी टे«कले छुने २० जिल्लाको पैदल यात्रामा निस्केको बताएको छ ।

प्रतिक्रिया