उत्पादनमूलक क्षेत्रमा ललितपुरका सहकारी

काठमाडौं, २६ चैत । ललितपुरका सहकारी संस्था उत्पादनमूलक क्षेत्रमा केन्द्रित भएका छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारी बढी रहेका बेला ललितपुरमा भने उत्पादनमूलक सहकारी संस्था खुल्ने क्रम बढेको जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले बताए । कृषि, चिया, कफी, तरकारी फलफूल, उपभोक्ता, दुग्ध, मौरीलगायतका सहकारी प्रभावकारी ढंगले सञ्चालन भइरहेको संघले जनाएको छ ।
जिल्लामा बचत तथा ऋण सहकारी दर्ताभन्दा उत्पादनमूलक सहकारी दर्ता क्रम बढेको पनि डिभिजन सहकारी ललितपुरले बताएको छ । ललितपुरमा उत्पादनमूलक सहकारीको सम्भावना बढी भएकाले दर्ता बढेको कार्यालयको अनुमान छ । ती सहकारीले के–कति मात्रामा उत्पादन गर्छ भन्ने बारेमा संघले पहल सुरु गरेको पनि दुलाल बताउ“छन् ।
‘उत्पादनमूलक सहकारी आजको आवश्यकता पनि हो,’ संघका अध्यक्ष माधव दुलाले भने, ‘यस्ता सहकारीलाई सरकारले ध्यान दिन आवश्यक छ ।’ देशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन उत्पादनमूलक सहकारीमा लगानी गर्नुपर्ने उनको भनाइ छ । छरिएर रहेको पुजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्र्ने आवश्यकता रहेको पनि उनले बताए । बचत तथा ऋणको कारोबार गर्ने सहकारीका तुलनामा उत्पादनमूलक रहेको र यस्ता सहकारीले उल्लेख्य रूपमा सफलता हासिल गरेको उनको भनाइ छ । ललितपुरमा उत्पादित कफी नेपालकै उत्कृष्टभित्र पर्ने पनि उनले जानकारी दिए । उनीहरूले उत्पादन गरेको वस्तुले सजिलै बजार पाइरहेको संघले जनाएको छ ।
सङघले केही समयअघि सहकारी सूचना केन्द्रसमेत स्थापना गरेको छ । जिल्लामा रहेका सम्पूर्ण सहकारीबारे पूणजानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । सहकारी प्रवद्र्धन तथा विकासका लागि सहकारीमार्फत जिल्लामा महिला सशक्तीकरण्का लागि विभिन्न कार्यक्रम, सदस्यहरूद्वारा उत्पादित कृषिउत्पादनलाई प्रोत्साहन गरी तिनको व्यावसायिक प्रवद्र्धन तथा बजार विस्तार गर्ने, सुपथमूल्य सहकारी पसल सञ्चालनमा प्रभावकारिता ल्याउने, सहकारी शिक्षाको संस्थागत विकास तथा विस्तारका लागि छुट्टै स्थायी प्रकृतिको कार्यक्रम गर्ने, सहकारी व्यवसायको प्रवद्र्धन तथा विकास गर्ने कार्यक्रम गरिने संघले जनाएको छ । संघले  जिल्लामा सञ्चालित सहकारीको अनुगमन तथा मूल्यांकनलाई निरन्तरता दिने जनाएको छ । सहकारी सिद्धान्त, मापदण्ड र ऐनअनुरूप सञ्चालन नहुने विभिन्न प्रकृतिका सहकारीलाई अनुगमन गर्दै आएको छ । हाल ललितपुर जिल्लामा मात्र करिब नौ सय प्रारम्भिक सहकारी संस्था सञ्चालनमा छन् । दर्ता भएका सहकारीमध्ये ५० प्रतिशतभन्दा बढी उत्पादनमूलक सहकारी रहेका छन् । जिल्ला संघमा हाल पा“च विÈयगत जिल्ला संघ र एक सय ३४ प्रारम्भिक संस्था गरी एक सय ३९ सहकारी संघसंस्था सदस्य रहेका छन् ।

प्रतिक्रिया