‘डा.कोइराला सम्मानित’

काठमाडौं, २५ चैत । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र महाराजगञ्जमा मुटु रोगको उपचारमा बिशेष योगदान पुराएको भन्दै मृगेन्द्र सम्झना चिकित्सा गुठीले डा. भागवान कोइरालालाई सम्मान गरेको छ ।

गुठीले आफ्नो ३६ औं बार्षिक उत्वसका अवसरमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. कोइरालालाई सम्मान तथा पुरुस्कार प्रदान गरेको हो ।

डा. कोइरालालाई गुठीका तर्फबाट सम्मान पत्रका साथै नगद १ लाख नगद राशीको पुरुस्कार प्रदान गरिएको थियो ।

डा. कोइराला मुटु रोगको उपचारमा अत्यन्तै सफल चिकित्सकका रुपमा लिईन्छ । उनले गंगालाल हृदय रोग केन्द्रमा मुटु रोगको उपचारका लागि आफ्नो पहलबाट हुने सम्पूर्ण काम गरेका थिए ।

प्रतिक्रिया