नया वर्षदेखि घोराही सिमेन्ट उत्पादन

दाङ, २२ चैत । घोराही सिमेन्ट इन्डस्ट्रिजले आगामी वैशाखबाट आङ्खनो उत्पादन बजारमा ल्याउने भएको छ ।
उद्योगले प्रथम चरणमा प्रतिदिन १२ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएको छ । सिमेन्ट उत्पादनका लागि ९० प्रतिशत कच्चापदार्थ दाङमै उत्पादन भइरहेको छ । विद्युत् अभावका कारण सिमेन्ट उत्पादनमा पनि ह्रास आउनसक्ने उद्योगले बताएको छ । एक टन क्लिंकर उत्पादनका लागि एक सय युनिट बिजुली खर्च हुन्छ । नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई आवश्यक विद्युत् दिन नसक्ने भन्दै उद्योगमा विद्युत् जडान नगरेपछि हाल उद्योगले जेनेरेटरबाट बिजुली उत्पादन गरी ङ्खयाक्ट्रीको काम चलाइरहेको छ । यसको खर्च प्रतियुनिट ३० रुपिया पर्न जाने र उद्योगलाई आर्थिक नोक्सान हुने उद्योगको भनाइ छ ।
घोराही सिमेन्ट उद्योगका लागि आवश्यक कच्चापदार्थ दाङकै काभ्रे गाविसको तापाबाट ल्याइने उद्योगले जनाएको छ । सरकारले उद्योगलाई लक्षित गर्दै विगत दुई वर्षदेखि घोराहीको सिस्नेखोलादेखि तापासम्मको २६ किलोमिटर बाटो बनाउन लागेको छ । बाटो निमार्णका लागि अक्षम ठेकेदारले सस्तोमा सडक निर्माणको ठेक्का स्विकारेका कारण काममा ढिलाइ भएको उद्योगले बताएको छ ।
उद्योगका संयोजक अमर सुवेदीका अनुसार घोराहीदेखि चुनढुंगा खानीसम्म रहेको २६ किलोमिटरको सडक फराकिलो भए पनि पक्की नहुदासम्म चुनढुंगा ओसारपसारका लागि समस्या देखिएको छ । ‘बाटो कच्ची हुदा ढुवानीमा कठिनाइका साथसाथै ढुवानी खर्च पनि उच्च तिर्नुपर्ने बाध्यता रहेको छ,’  संयोजक सुवेदीले भने । उनले उत्पादन बजारमा ल्याएरै छोड्ने दाबी पनि गरे ।
निजीस्तरबाट स्थापित नेपालकै ठूलो मानिएको सो सिमेन्ट उद्योगको लागत करिब पाच सय करोड रुपिया रहेको छ । उद्योगले बजारमा आङ्खनो उत्पादन अन्य सिमेन्टभन्दा उच्चस्तरको हुनेसमेत दाबी गरेको छ ।  जसका लागि उच्च प्रविधिको सिमेन्ट मिल लगाउने काम भइरहेको उद्योगले जनाएको छ । सिमेन्टका साथै उद्योगलाई आवश्यक पर्ने प्रमुख तत्वक्लिंकर पनि उद्योगले आपैंm उत्पादन गरिरहेको छ । हाल उद्योगमा दुई हजार व्यक्ति प्रत्यक्ष रूपमा कार्यरत छन् ।

प्रतिक्रिया