जोसिला जोशी

उमेरले ७७ वर्ष पुगे गजेन्द्रराज जोशी । उनी राजनीतिज्ञ होइनन्, तर उमेरको यो ठूलो आयतनभित्र नेपाली राजनीतिक इतिहासका दुई वरिष्ठ राजनीतिक हस्तीसँग संगत गर्दाताकाको स्मृति सलबलाइरहेछ । आफूले अन्तरंग साटेका गणेशमान सिंह र पुष्पलाल श्रेष्ठलाई सम्झिए, ‘अहिलेका नेतामा त्यस्तो त्याग कहाँ पाइन्छ र ?’ त्यही संगतका कारण राजनीतिका तरंगहरूले उनको मनमस्तिष्कलाई पनि नझकझक्याएका भने होइनन् । बुढ्यौलीले लुलो बनाउँदै लगेको शरीरमा एक्कासि जोस भरियो– ‘पन्ध्र सालको चुनावताका कति भाषण गरियो–गरियो ।’ ती दुई हस्ती आज इतिहास बनिसके । दलहरूले उनीहरूको स्मृतिदिवस मनाउन थालेको नै वर्षावर्ष भइसक्यो । गजेन्द्र अझै ‘वर्तमान’ छन्, तर उनको युवावय इतिहास बनेको छ । तर, उनी आफूलाई बूढो मान्न तयार छैनन् । उमेरको त कामै हो वर्षैपिच्छे बढ्दै जानु । त्यसले मनलाई कज्याउन त कहाँ सक्छ र ?  सुनाउँछन्– ‘बुढ्यौलीको अनुभव अलिकति पनि छैन । परिश्रम गर्नुपर्ने काम मात्रै नगर्ने त हुँ नि, परिवारलाई दिनुपर्ने सल्लाह सुझाब भने अझै पनि उति बेलै जसरी दिन सक्छु ।’ हुन पनि उनी युवाकालकै जस्तो सक्रिय त छैनन्, तर समकालीन अरू बूढाजसरी अब आफ्ना दिन सकियो भन्दै नीच मारेर पनि बस्दैनन् । ७७ वटा वर्षले उनको गालाको लाली निचोरेर चाउरी पारिदिएको छ, तर मनलाई भने छुन सकेको रहेनछ । उत्तेजक स्मृतिहरूले जोसिँदै छन् जोशी– ‘उति बेला कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई भेट्न बेलाबेला भारतसमेत पुग्थेँ ।’ दुई वर्षसम्म पुष्पलालसँग संगत गरेका उनी पछि गणेशमानतिर मोडिएछन् । संगठित राजनीति त गरेनन् तर दुई भाइ छोरालाई कांग्रेस पार्टीको नेता बन्न झकझक्याएछन्, पारिवारिक वातावरण तयार गरिदिएछन् । छोराहरू नवीन्द्रराज र राजुलाई उनको अर्ती हुन्थ्यो– ‘राजनीतिमा सधैँ इमानदार हुनुपर्छ, आँट र स्वच्छता कायम राख्नुपर्छ ।’ यही अर्तीलाई शिरोधार्य गरेका छोरा नवीन्द्रराज जोशी आज सभासद् छन् । छोराहरूलाई सुझाब र सल्लाह दिने शैली अझै उस्तै छ, त्यौ शैलीलाई बूढो हुन दिएका रहेनछन् यी बूढाले ।
छोराहरूलाई सुझाबहरूले बारम्बार ‘रिफ्रेस’ गराइरहनुका पछाडि उनको बुझाइले काम गरेको छ । त्यो बुझाइले अहिलेको राजनीति दिनदिनै धमिलिँदै गएको देख्छ । जताततै स्वार्थी नेताकै बोलवाला देख्छ । भन्छन्– ‘उति बेलाका नेताहरूमा जस्तो इमानदारी छैन अहिले, सबै आफू मात्रै बनौँ भन्ने प्रवृत्तिका छन् । सात साल र अहिलेको अवस्था हेर्दा देश निकै अगाडि त बढेको छ तर जनताले सुख पाएका छैनन् । त्याग अनि इमानदारीमा कृष्णप्रसाद भट्टराई र गणेशमानका छेउ पुग्न सक्ने कोही छैनन् ।’
सत्र सालमा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएपछि राजनीतिबाट नाटक लेखनतिर मोडिएछन् उनी । ‘भत्केको पाटी’ नाटक लेखे । सम्झिए– ‘मेरो नाटकमा नायक बौलाउने रोल थियो । तर, नायक त साँच्चै पो बौलाएरै गयो । चारतिरबाट आलोचना गरे, त्यसपछि नाटकै लेख्न छाडिदिएँ ।’ त्यसपछि व्यापारमा हात हालेका उनले ३८ वर्षसम्म चुरोटको डिलर चलाएछन् ।
बिहान ५ बजे ओछ्यान छाडिसक्ने उनी दैनिक नुहाउँछन्, मौसमअनुसार तातो वा चिसो पानीले । एक घन्टा पूजापाठमा बिताउँछन् । त्यसपछिको एकघन्टा असन, इन्द्रचोक, हनुमानढोका, क्षेत्रपाटीतिरको चक्कर लगाउँछन् । यतिले उनको मर्निङवाक पूरा हुन्छ । दस वर्ष भएछ पशुपति जान छाडेको, त्यसअघि नियमित जान्थे रे † ४६ सालसम्म त नियमित बागमतीमा नै नुहाएका रे † ‘अब त बागमतीको पानी छुन पनि घीन लाग्छ’ – भने ।
आफ्नो शरीरमा त्यस्तो डराइहाल्नुपर्ने रोग केही नभएको सुनाए उनले । कहिलेकाहीँ सामान्य प्रेसर बढ्दो रहेछ, अहिले फाइरेटको औषधिचाहिँ खाइरहेछन् । डाक्टरले ‘तपाईंलाई त्यस्तो अप्ठ्यारो केही छैन’ भनिदिँदा दंग पर्छन् उनी । उनलाई खानामा मन पर्ने गुन्दु्रक र रायोको साग हो । अमिलोपिरो खाने बानीलाई बुढेसकालले छेकेको छैन । चाहे जेसुकैको होस्, अचार त अनिवार्य चाहिन्छ नै । बिहान दालभात हुन्छ, बेलुकीचाहिँ कहिलेकाहीँ रोटी मन पराउँछन् । जीवनमा कहिल्यै रक्सी नखाएको सुनाउने उनी माछामासुमा पनि उति जोड दिँदा रहेनछन् । जमानामा चुरोटचाहिँ खुब उडाएछन्, अहिले खोकीले खान दिँदैन रे †
बुढ्यौली लागे पनि तनाब अनि झर्को छैन उनलाई । मान्छेसँग भेट्दा र घन्टौँ गफ गर्दा झनै दंग पर्छन् । फोन संवाद पनि मज्जैले गर्छन् । बत्ती भएका बेला टेलिभिजन हेरेर समय बिताउँछन्, ‘सिआइडी’ कार्यक्रम खुब मन पर्छ रे † यो उमेरमा पनि पावरदार चस्मा नलगाई पत्रपत्रिका हेर्छन् । ‘अहँ मलाई चस्मा लगाउन परेको छैन’ –गजक्क पर्दै मुस्कुराए उनी ।
बुढ्यौलीलाई आफूमाथि हाबी हुन नदिन अबचाहिँ परिश्रमजन्य काम गर्न हुँदैन, आरामले दिन कटाउनुपर्छ भन्ने उनलाई लागेको छ । मनले त चुप लागेर बस्न मान्दैन, जबरजस्ती थुमथुम्याउनु परेको छ रे † चित्त बुझाउँछन् उनी– ‘गर्नुजति गरिहालियो नि, अब आराम गर्ने हो ।’

pd]/n] && jif{ k’u] uh]Gb|/fh hf]zL . pgL /fhgLlt1 xf]Ogg\, t/ pd]/sf] of] 7″nf] cfotgleq g]kfnL /fhgLlts Oltxf;sf b’O{ jl/i7 /fhgLlts x:tL;“u ;+ut ubf{tfsfsf] :d[lt ;nanfO/x]5 . cfkm”n] cGt/+u ;f6]sf u0f]zdfg l;+x / k’iknfn >]i7nfO{ ;lDemP, …clxn]sf g]tfdf To:tf] Tofu sxf“ kfOG5 / <Ú ToxL ;+utsf sf/0f /fhgLltsf t/+ux¿n] pgsf] dgdl:tisnfO{ klg gemsemSofPsf eg] xf]Ogg\ . a’9\of}nLn] n’nf] agfp“b} nu]sf] z/L/df PSsfl; hf]; el/of]– …kGw| ;fnsf] r’gfjtfsf slt efif0f ul/of]–ul/of] .Ú tL b’O{ x:tL cfh Oltxf; alg;s] . bnx¿n] pgLx¿sf] :d[ltlbj; dgfpg yfn]sf] g} jiff{}+jif{ eO;Sof] . uh]Gb| cem} …jt{dfgÚ 5g\, t/ pgsf] o’jfjo Oltxf; ag]sf] 5 . t/, pgL cfkm”nfO{ a”9f] dfGg tof/ 5}gg\ . pd]/sf] t sfd} xf] jif{}lkR5] a9\b} hfg’ . To;n] dgnfO{ sHofpg t sxf“ ;S5 / <  ;’gfp“5g\– …a’9\of}nLsf] cg’ej clnslt klg 5}g . kl/>d ug'{kg]{ sfd dfq} gug]{ t x’“ lg, kl/jf/nfO{ lbg’kg]{ ;Nnfx ;’emfa eg] cem} klg plt a]n} h;/L lbg ;S5′ .Ú x’g klg pgL o’jfsfns} h:tf] ;lqmo t 5}gg\, t/ ;dsfnLg c¿ a”9fh;/L ca cfÎgf lbg ;lsof] eGb} gLr df/]/ klg a:b}gg\ . && j6f jif{n] pgsf] ufnfsf] nfnL lgrf]/]/ rfp/L kfl/lbPsf] 5, t/ dgnfO{ eg] 5’g ;s]sf] /x]g5 . pQ]hs :d[ltx¿n] hf]l;“b} 5g\ hf]zL– …plt a]nf sDo’lg:6 kf6L{sf ;+:yfks k’iknfnnfO{ e]6\g a]nfa]nf ef/t;d]t k’Uy]“ .Ú b’O{ jif{;Dd k’iknfn;“u ;+ut u/]sf pgL kl5 u0f]zdfglt/ df]l8P5g\ . ;+ul7t /fhgLlt t u/]gg\ t/ b’O{ efO 5f]/fnfO{ sf+u|]; kf6L{sf] g]tf aGg emsemSofP5g\, kfl/jfl/s jftfj/0f tof/ ul/lbP5g\ . 5f]/fx¿ gjLGb|/fh / /fh’nfO{ pgsf] ctL{ x’GYof]– …/fhgLltdf ;w}“ Odfgbf/ x’g’k5{, cf“6 / :jR5tf sfod /fVg’k5{ .Ú oxL ctL{nfO{ lz/f]wfo{ u/]sf 5f]/f gjLGb|/fh hf]zL cfh ;ef;b\ 5g\ . 5f]/fx¿nfO{ ;’emfa / ;Nnfx lbg] z}nL cem} p:t} 5, Tof} z}nLnfO{ a”9f] x’g lbPsf /x]g5g\ oL a”9fn] .
5f]/fx¿nfO{ ;’emfax¿n] af/Daf/ …l/k|m];Ú u/fO/xg’sf k5fl8 pgsf] a’emfOn] sfd u/]sf] 5 . Tof] a’emfOn] clxn]sf] /fhgLlt lbglbg} wldln“b} uPsf] b]V5 . htftt} :jfyL{ g]tfs} af]njfnf b]V5 . eG5g\– …plt a]nfsf g]tfx¿df h:tf] Odfgbf/L 5}g clxn], ;a} cfkm” dfq} agf}“ eGg] k|j[lQsf 5g\ . ;ft ;fn / clxn]sf] cj:yf x]bf{ b]z lgs} cufl8 t a9]sf] 5 t/ hgtfn] ;’v kfPsf 5}gg\ . Tofu clg Odfgbf/Ldf s[i0fk|;fb e§/fO{ / u0f]zdfgsf 5]p k’Ug ;Sg] sf]xL 5}gg\ .Ú
;q ;fndf dx]Gb|n] bndfly k|ltaGw nufPkl5 /fhgLltaf6 gf6s n]vglt/ df]l8P5g\ pgL . …eTs]sf] kf6LÚ gf6s n]v]] . ;lDemP– …d]/f] gf6sdf gfos af}nfpg] /f]n lyof] . t/, gfos t ;f“Rr} kf] af}nfP/} uof] . rf/lt/af6 cfnf]rgf u/], To;kl5 gf6s} n]Vg 5fl8lbP“ .Ú To;kl5 Jofkf/df xft xfn]sf pgn] #* jif{;Dd r’/f]6sf] l8n/ rnfP5g\ .
laxfg % ah] cf]5\ofg 5fl8;Sg] pgL b}lgs g’xfp“5g\, df};dcg’;f/ tftf] jf lr;f] kfgLn] . Ps 3G6f k”hfkf7df latfp“5g\ . To;kl5sf] Ps3G6f c;g, OGb|rf]s, xg’dfg9f]sf, If]qkf6Llt/sf] rSs/ nufp“5g\ . oltn] pgsf] dlg{ªjfs k”/f x’G5 . b; jif{ eP5 kz’klt hfg 5f8]sf], To;cl3 lgoldt hfGy] /] † $^ ;fn;Dd t lgoldt afudtLdf g} g’xfPsf /] † …ca t afudtLsf] kfgL 5’g klg 3Lg nfU5Ú – eg] .
cfÎgf] z/L/df To:tf] 8/fOxfNg’kg]{ /f]u s]xL gePsf] ;’gfP pgn] . slxn]sfxL“ ;fdfGo k|];/ a9\bf] /x]5, clxn] kmfO/]6sf] cf}iflwrflx“ vfO/x]5g\ . 8fS6/n] …tkfO{+nfO{ To:tf] cK7\of/f] s]xL 5}gÚ elglb“bf b+u k5{g\ pgL . pgnfO{ vfgfdf dg kg]{ u’Gb’|s / /fof]sf] ;fu xf] . cldnf]lk/f] vfg] afgLnfO{ a’9];sfnn] 5]s]sf] 5}g . rfx] h];’s}sf] xf];\, crf/ t clgjfo{ rflxG5 g} . laxfg bfneft x’G5, a]n’sLrflx“ slxn]sfxL“ /f]6L dg k/fp“5g\ . hLjgdf slxNo} /S;L gvfPsf] ;’gfpg] pgL df5fdf;’df klg plt hf]8 lb“bf /x]g5g\ . hdfgfdf r’/f]6rflx“ v’a p8fP5g\, clxn] vf]sLn] vfg lb“b}g /] †
a’9\of}nL nfu] klg tgfa clg emsf]{ 5}g pgnfO{ . dfG5];“u e]6\bf / 3G6f}“ ukm ubf{ emg} b+u k5{g\ . kmf]g ;+jfb klg dHh}n] u5{g\ . aQL ePsf a]nf 6]lnlehg x]/]/ ;do latfp“5g\, …l;cfO8LÚ sfo{qmd v’a dg k5{ /] † of] pd]/df klg kfj/bf/ r:df gnufO{ kqklqsf x]5{g\ . …cx“ dnfO{ r:df nufpg k/]sf] 5}gÚ –uhSs kb}{ d’:s’/fP pgL .
a’9\of}nLnfO{ cfkm”dfly xfaL x’g glbg carflx“ kl/>dhGo sfd ug{ x’“b}g, cf/fdn] lbg s6fpg’k5{ eGg] pgnfO{ nfu]sf] 5 . dgn] t r’k nfu]/ a:g dfGb}g, ha/h:tL y’dy’Dofpg’ k/]sf] 5 /] † lrQ a’emfp“5g\ pgL– …ug'{hlt ul/xflnof] lg, ca cf/fd ug]{ xf] .Ú

प्रतिक्रिया