चुरेभावर पार्टीद्वारा आमहड्तालको चेतावनी

काठमाडौं, १७ वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकको आधा जनसंख्या भएका मुख्य जातिहरुलाई ७ दिन भित्र आदिवासी जनजातिको सूचीमा नराखे आमहड्तालमा उत्रने चेतावनी दिएको छ ।
मुलुकको आधाभन्दा बढी संख्यामा रहेका ब्राम्हण, क्षत्री, ठकुरी र दशनामी समुदायलाई के का आधारमा अन्यमा राखियो भन्दै चुरेभावरले ७ दिन भित्र आदिवासीमा सूचीकृत नगरे देशव्यापी आमहड्तालमा उत्रने चेतावनी दिएको हो ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उसले भूगोलले नै किटान गरेको तराई पहाडको मेरुदण्डको रुपमा रहेको अखण्ड चुरेभावर प्रदेश कायम नगरे १५ दिनमा वारपारको आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासचिव भूमिराज निरौलाले ७ दिनको समयसीमालाई राज्यले हेलचेक्राई गरे ८ औं दिनबाट देशभर आमहड्तालगर्ने बताए ।

प्रतिक्रिया