दुर्घटनामा ३७ यात्रु घाइते

सुर्खेत, १६ वैशाख । काठमाडौबाट सुर्खेतर्फ आउँदै गरेको ना ३ ख ५२९४ नम्बरको रात्री बस रत्न राजमार्ग अन्तर्गत सुर्खेतको हर्रेमा दुर्घटना हुँदा बसमा सवार ३७ यात्रु घाइते भएका छन् ।
आज विहान साढे ७ बजे सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ च ११४१ नम्बरको निजी गाडीसँग ठोक्किदा बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । बसमा सवार ३८ यात्रु मध्ये एक जना मात्र सकुशल छन् । अन्य ३७ यात्रु भने घाइते भएका छन् ।
घाइतेमध्ये १३ जनाको अवस्था गम्भिर छ । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना भएको जानकारी पाउनासाथ बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेनोको टोलले घाइतेहरुको उद्धार गरेको थियो ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट समेत प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया