दुर्घटनामा तीन यात्रुको मृत्यु

सिन्धुपाल्चोक, १३ वैशाख । सिन्धुपाल्चोकको बाह्रविसेबाट काठमाडौ आउदै गरेको  ना ३ ख ५४८ नम्बरको  मालबाहक कन्टेनर आज अरनिको राजमार्ग अन्तर्गत च्याने नजिकै दुर्घटना हुदाँ तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा कन्टेनरका चालक लिस्ती गाविसका अमर थापा, कन्टेनरमा सवार  चितवन जुटपानीकी २८ वर्षीया मोनीका श्रेष्ठ र लामोसाँघुकी ३१ वर्षीया अञ्जु श्रेष्ठ रहेको प्रहरी निरीक्षक सुजन राजभण्डारीले जानकारी दिए । दुर्घटनामा कन्टेनरका सहचालक गातीका राम लामा गम्भीर घाइते भएका छन् । उनको सदावहार अस्पतालमा उपचार भइरहेको उनले बताए ।

बाह्रविसे बजारबाट प्लाइ काठ बोकेर काठमाडौ आउदै गरेको कन्टेनर तिव्र गतीका कारण सडक नजिकै रहेको कल्र्भटमा खसेको थियो । मृतक अञ्जु र मोनीका लामोसाँघुबाट दुर्घटना हुनु भन्दा १५ मिनेट अघि मात्र कन्टेनरमा चढेको स्थानीय अशोक मर्हजनले जानकारी दिए ।

माइतीमा आएकी चितवनकी मोनीका श्रेष्ठपनि घरमा पुग्न नपाउदै दुर्घटनामा मृत्यु भएको छ । मृत्तक अञ्जु मोनीकाको भाउजु भएको स्थानीयले जानकारी दिए ।

प्रतिक्रिया