मलेसियामा एक नेपालीको मृत्यु

दाङ, १२ वैशाख । रोजगारीको शिलशिलामा देशबाहिर रहेका एक नेपालीको मलेसियामा मृत्यु भएको छ ।
रुकुम स्यालापाखा–३ छिङ्गका २६ वर्षीय निमबहादुर मल्लको मलेसियामा मृत्यू भएको हो । कम्पनीमा काम गर्दा गर्ने क्रममा उनको सोमवार सांझ मृत्यू भएको आफन्तले जानकारी दिएका छन् ।
उनी दुइ वर्ष पहिले मलेसिया पुगेका थिए । मृतक मल्लको शव नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ । उनको के कारणले मृत्युभएको भन्ने खुल्न आएको छैन ।

प्रतिक्रिया