नेविसंघद्धारा चक्का जाम

काठमाडौं, १० वैशाख । काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पसमा भएको झडपलाई लिएर नेपाल विद्यार्थी सङ्घले आज राजधानीका बिभिन्न क्याम्पस अगाडि एक घन्टा चक्काजाम गरेको छ ।

पशुपति क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीलाई आक्रमण गर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसँग सम्बन्धित विद्यार्थीलाई कारबाहीको माग गर्दै सङ्घले उपत्यकाका क्याम्पस क्षेत्रमा बिहान ९ देखि १० बजेसम्म चक्काजाम गरेको हो ।

परीक्षालाई कसरी मर्यादित वनाउने भन्ने विषयमा छलफल भइरहेका बेला एमालेनिकट विद्यार्थीसँगको सामान्य विवादपछि नेवि सङ्घ र अनेरास्ववियुका विद्यार्थीबीच यही वैशाख ७ गते झडप भएको थियो ।

सङ्घका अध्यक्ष रञ्जित कर्णले सो घटनाका दोषीलाई पक्राउ गरी आवश्यक कारबाही नगरिएसम्म आन्दोलन गरिने बताउँदै घटनाका दोषीलाई पक्राउ गर्नुपर्ने मागसहित आजै गृहमन्त्रीको ध्यानाकर्षण गराइने जानकारी दिए ।

प्रतिक्रिया