जेठ १४ सुःखद र ऐतिहासिक बन्छ

काठमाडौं, ९ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले संबिधान निर्माणमा रहेका  बिबादित बिषयलाई तत्कालै समाधान गरी जेठ १४ लाई सुःखद् र ऐतिहाँसिक दिन बनाउन चाहेको बताएका छन् ।
कञ्चरनपुरका स्थानीय दलका नेताहरुसँग आज भएको टेलिफोन बार्तामा खनालले मुलुकको भाग्य र भबिश्यलाई सुन्दर बनाउन निर्धारित समयमै नयाँ संबिधान ल्याउनुको बिकल्प नभएको बताए ।
बिबादित बिषयमा सहमतिको धेरै निकट पुगेको दाबी गर्दै उनले जेठ १४ लाई  कुनैपनि राजनीतिक दलहरुले भुल्न नहुने बताए ।
कैलालीमा भेटिएको हतियारका प्रसंगमा अध्यक्ष खनालले हतियार बाहिर राखेर अगाडि बढाईएको शान्ति प्रक्रियाले जनतामा रहेको दिगो शान्ति र सम्बृद्धीको अपेक्षालाई कुठराघात गर्ने वताए । उनले संविधानमा आउने हेरक सुझाबहरुलाई समेट्ने प्रयासमा आफू सकृय रहेको बताए ।

प्रतिक्रिया