एघार गते भित्र राष्ट्रिय सहमति बन्छः खनाल

काठमाडौं, ७ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले अबका पाँच दिन सम्बृद्ध नयाँ नेपाल निर्माणका लागि अति महत्वपूर्ण रहेको बताएका छन् ।

उनले बिवाद समाधान गर्न प्रमुख दलले पाएको पाँच दिनको समय भित्रै नेपालको ईतिहाँस रच्ने बताए ।

पाँचथरका स्थानीय राजनीतिक दलका नेताहरुसंग आज विहान भएको टेलिफोन बार्तामा खनालले संबिधानसभाको कार्यब्यबस्था परामर्श समितिले बिवाद अन्त्य गर्न दिएको पछिल्लो पाँच दिनको समयभित्रै नयाँ संविधानका बिबादित बिषयमा राष्ट्रिय सहमति बन्ने बिश्वास ब्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष खनालले बिबादित पाँच बिषयमध्ये मिश्रीत निर्वाचन प्रणालीमा दलहरुबीच अनौपचारिक सहमति भईसकेको दाबी गरेका छन् ।

उनले अन्य बिषयमा रहेका मतभेदहरुमा पनि ११ गते बस्ने संबिधानसभाको बैठकअघि नै सहमति जुट्ने बताए ।

यसैवीच, अध्यक्ष खनालले पहिचान र सामाथ्र्यका आधारमा नै संघीय प्रदेशहरु निर्माण हुने दृढता जनाएका छन् ।

प्रतिक्रिया