राष्ट्रिय कराते टोली सिंगापुरतर्फ

काठमाडौः सिंगापुरमा हुने सिंगापुर खुला कराते च्याम्पियनसिप तथा मलेसियाको क्वालालम्पुरमा हुने अन्तर्राष्ट्रिय प्रशिक्षक तालिम तथा रेप|mी सेमिनारमा सहभागी हुने २६ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गर्‍यो ।    २१ देखि २३ अपि्रलसम्म हुने च्याम्पियनसिपमा ८ खेलाडीसहित १० सदस्यीय टोली सहभागी हुँदैछ ।
पुरुषको ५५ केजीमा सुनील लामा, ६० केजीमा विनोद महर्जन, ६७ केजीमा मुकुन्द महर्जन तथा ८४ केजीमाथिमा दिगम्बरप्रसाद पन्तले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५५ केजीमा रोजी नगरकोटी तथा ५५ केजीमाथि गंगादेवी अधिकारीले खेल्नेछन् ।
एकल काताको पुरुषमा परशुराम बाँस्तोला तथा महिलामा चञ्चला दनुवार सहभागी हुनेछन् ।
टिम प्रशिक्षक एवं टोली नेतामा कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ तथा व्यवस्थापकमा नरेश श्रेष्ठ छन् ।
२० र २२ अपि्रलमा हुने प्रशिक्षक तालिम तथा रेप|mी सेमिनारमा सहभागी हुने टोली संख्या १६ रहेको छ ।
प्रशिक्षकमा तुलसी महर्जन, दीपक श्रेष्ठ, दोर्जे लामा, दीपक श्रेष्ठ तथा केशव प्रधान रहेका छन् । त्यस्तै रेफीहरूमा योगबहादुर राई, ऋषिराम पौडेल, श्याम शेर्पा, रेशम लामा, चित्रबहादुर राना, विशनसिंह खड्का, मिङमा शेर्पा, बालकृष्ण रावल, ज्ञानबहादुर जिम्बा तथा राजन चित्रकार छन् । टोलीको नेतृत्व प्रकाशमोहन धौभडेलले गर्नेछन् । -सौस)

प्रतिक्रिया