बेपत्ता बालकको शव फेला

काठमाडौँ, २ वैशाख । काठमाडौं नयाँ बजारस्थित विष्णुमति खोलामा डुबेर बेपत्ता भएका एक बालकको शव आज दिउँसो फेला पारिएको छ ।

आठ वर्षीय बालक जुनाइट अन्सारी हिजो दिउँसो खोलामा डुबेर बेपत्ता भएका थिए । अन्सारी हराएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल बङ्गलामुखी विशेष कार्यदल गणबाट उनको खोजीमा टोली खटिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक टीकाराम रावलको नेतृत्वमा खटिएको टोलीले पानीभित्र तारमा अड्किएको अवस्थामा शव फेला पारेको थियो ।

प्रतिक्रिया