राजबाहकले हात पारे पदक

बीरगन्ज, १७ चैत । प्रथम नारायणी अञ्चल स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधी मकवानपुरका अनिल राजबाहकले हात पारेका छन । बाराको जीतपुरमा शुक्रबार भएको फाइनल खेलमा बाराका सुरेन्द्र वाइबालाइ पराजित गर्दै राजबाहकले उक्त उपाधी हात पारेका हुन । राजबाहकले वाइबालाई वेष्ट अफ थ्रीमा दुईएकले पराजित गरेका हुन ।
उपाधी विजेता राजबहाकले नगद १० हजार रुपैया सहित पदक हातपारेका छन । उपविजेता बाइवाले नगद ७ हजार सहित पदक र तृतीय भएका मकवानपुरका धिरज राजथलाले नगद चार हजार रुपैया सहित पदक प्राप्त गर्न सफल भएका छन । जीतपुर युवा क्लबद्वारा आयोजित प्रतियोगितामा बारा,पर्सा,रौतहट, मकवानपुर र चितवन गरी  ६७  जना पुरुष खेलाडीले भाग लिएका थिए । गत बुधबार देखि शुरु भएको प्रतियोगिताका सबै प्रतिश्पर्धा  नकआउटका आधारमा खेलाइएको रेफि्र रोमनप्रसाद चौधरीले जानकारी दिए ।
प्रतियोगिताका विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्यामबाबु गुप्ता, अतिथिहरु कपिलदेवप्रसाद यादव, देवनारायण चौधरीले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । आयोजक कल्वका अध्यक्ष मनोज साहको अध्यक्षतामा पुरस्कार वितरण  कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया