‘पत्रकार महासंघको ५७ औं स्थापना दिवस’

काठमाडौं, १६ चैत । नेपाल पत्रकार महासंघले आफ्नो ५७ औं स्थापना दिवसका अवसरमा राजधानी लगायत आफ्ना बिभिन्न शाखाहरुमा बिविध कार्यक्रम मनाएको छ । ।

महासंघले प्रेस स्वतन्त्रता, शान्ति र समयमै संविधान निमार्णको माग गरेर राजधानीमा प्रभातफेरी निकालेको छ । प्रभातफेरी पछि आयोजित कोणसभामा महासंघ अध्यक्ष शिव गाउँलेले जेठ १४ भित्रै शान्ति प्रकृया टुङगाएर नयाँ संविधान जारी गर्न आग्रह गरे । उनले शान्ति र संविधानको काम पुरा नगरे पत्रकारहरुले सडकबाट दबाव दिने बताए ।

नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी बबरमहलमा पुगेर टुङगिएको थियो । कोण सभामा पूर्व सभापति होमनाथ दाहाल, किशोर नेपाल, धर्मेन्द्र झालगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

यसैवीच, समयमै शान्ति र संविधान देउ भन्ने नाराका साथ पत्रकार महासंघ मोरङ शाखाले पनि आफनो ५७ औ स्थापना दिवस मनाएको छ । शाखाले बिहान विराटनगरमा प्रभातफेरी समेत निकालेको थियो ।

प्रतिक्रिया