जथाभावी नबोल्न एमाले सभासद्लाई निर्देशन

काठमाडौं,  नेकपा एमालेले पार्टीको घोषणापत्र र राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा प्राप्त सुझाबका आधारमा मात्र राज्य पुनःसरचनाबारे बोल्न सभासद्लाई निर्देशन दिएको छ । संविधानसभामा राज्य पुनःसंरचनाबारे सोमबार सुरु भएको छलफलमा पार्टीका सबै सभासद्लाई एउटै धारणा प्रस्तुत गर्न निर्देशन दिइएको हो ।
संसदीय दलको अनौपचारिक बैठकमा पुनःसंरचनाबारे पार्टीको आधिकारिक निर्णय नआएसम्म पार्टीको घोषणापत्र र परिषद् बैठकको सुझाबका आधारमा बोल्न निर्देश दिएको हो । एमालेले सामथ्र्य र पहिचानका आधारमा प्रदेश निर्माण गर्नुपर्ने बताए पनि प्रदेशको संख्यालगायत विषयमा निर्णय गरिसकेको छैन । गत साता स्थायी समिति बैठकले पुनःसंरचनाका विषयमा अन्य दलस“ग समेत छलफल गरेर १० दिनभित्र धारणा तय गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिएको थियो ।
सोमबार बैठकमा नेपालले संविधान निर्माणमा सहयोग पुग्नेगरी आºना धारणा संविधानसभामा राख्न सभासद्लाई आग्रह गरेका थिए । ‘पार्टीको घोषणापत्र र परिषद् बैठकमा प्राप्त सुझाबका आधारमा सबैले आºना विचार राखौ“,’ नेपालको भनाइ उद्धृत गर्दै सभासद् शान्ति अधिकारीले सौर्यस“ग भनिन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता झलनाथ खनाल मुलुकबाहिर रहेकाले दलको अनौपचारिक बैठक बसेको थियो । (सौस)

प्रतिक्रिया