‘मूल्यमा कालो पोतेर पुस्तक बिक्री’

काठमाडौं, १२ चैत । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले केही निजी प्रकाशन गृहले विदेशी पुस्तक वास्तविक मूल्यमा बिक्री–वितरण नगरेको जनाएको छ ।
महासंघको उपत्यका पाठ्यपुस्तक बिक्री–वितरण तथा विकृति नियन्त्रण अनुगमन समितिले एकता प्रकाशनले विदेशी पुस्तकको मूल्यमा कालो पोतेर वितरण गरेको आरोप लगाएको हो । समितिका संयोजक प्रवीण निरौलाले नेपाली प्रकाशनगृहले वास्तविक मूल्यमा स्टिकर टासेका करोडौका पुस्तक नष्ट गरेको अवस्थामा भारतीय पुस्तकमा भने छुट दिनु दुःखद् भएको बताए ।
‘छुट दिने हो भने नेपाली पुस्तकलाई पनि दिनुपर्छ तर विदेशीलाई कारबाही नगरी छाड्न मिल्दैन,’ काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा निरौलाले भने, ‘अरूलाई छुट दिने हो भने नष्ट गरेका पुस्तकको पनि क्षतिपूर्ति दिनुपर्छ ।’
कालो पोतेका पुस्तक बिक्री नगर्न महासंघका सदस्यलाई परिपत्र गरेको निरौलाले जानकारी गराए । नेपाली प्रकाशनगृहका पुस्तक कालो पोतिएका कम आउन थालेको महासंघले जनाएको छ । महासंघले उपभोक्तालाई मार पार्ने र सरकारी नीति, नियमसमेतलाई अपहेलना गर्ने व्यक्तिलाई कारबाही गरी कानुनी राज्यको प्रत्याभूति दिन मागसमेत गरेको छ ।
शिक्षा विभागले मूल्यमा कालो पोतिएका वा स्टिकर टा“सिएका पुस्तक बिक्री नगर्न नगराउन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया