बम, अश्लीलता र क्रान्ति च्च †

जीवनमा एकपटक भनेझैं भयो । जीवन भन्नाले नेपालीको सरदर आयुलाई भनेको ।
गाडी हो पजेरो अथवा प्राडो । गाउमा धुलो उडाउदै हिड्ने अरूअरूका बयलगाडामा खेल्दै–उफ्रदै हुर्केबढेको हुनाले उसले वाहनको नाम पहिल्याउन सकेन । विदेशी गाडी । बाहिरै मगमग गन्ध फालिरहेको छ । भित्र त झन् सुगन्धित र कम्फर्टेबल हुने नै भयो । वातानुकूलित, समशीतोष्ण । चाक्ला सिट । तारुण्यले पूर्ण स्त्री… (उसले स्पेस छाडिदियो, लैङ्गिकताको अपमान हुन्छ भनेर) । नरम गद्दा । जीवनभरिमा उसलाई दुई–तीनपल्ट यस्तो आरामदेह गाडीमा बस्ने सौभाग्य जुरेको छ ।
गाउमा चुनावमा जिप दगुर्थे । पारि इन्डियाको बजार खजुरियाबाट भाडामा ल्याइएका लिलामे विलिज जिप । अगाडि पार्टीको झन्डा । पछाडि कार्यकर्ता खादाखँद । जिप बिचरा उत्तानटाङ लगाउला जस्तो भइरहन्थ्यो । महिना पुगेकी गर्भिणीजस्तो वाल्लछ्याल्ल ।
तर, यो गाडी थियो, विदेशी व्यक्तित्व होइन, गाडित्व भएको, सानदार । त्यसभित्र उनी थिए । स्वदेशी भए पनि ऊजस्तो झुत्रे होइन, देहयष्टि र अनुहारले दीप्त, नेपाली नोटको तुलनामा कडकडाउदो डलर ।
उसले जसको चाकरी गर्दागर्दा प्रत्यक्ष दर्शन पाउन एउटा जुग नै पर्खियो । यसबेला उनीजस्तै नै थिए एक उच्चवर्गीय इन्द्रसमान देदीप्य व्यक्ति गाडीभित्र । अथवा, उमेर ढल्केका भए पनि उनी बडो सुकोमल–सुकुमार देखिन्थे । बोन्साइ गरिएको फ्रेस गान्टे वृक्ष, जसले मलखाद र पानी बराबर पाइरहन्छ, त्यस्तो ।
उसका अगाडिका दुइटा दात फुक्लिएका छन्, उमेरले । बोल्दा हावा फुसफुस बाहिर जान्छ र खादा त्यहाबाट र्‍याल चुहिएर कमेजको अग्रभाग दालबेसारका पहेला छिटाले दागदार भएको हुन्छ । अहिले उसले लगाएको कमेज पनि त्यस्तै छ । तर, ती सबै थिए र पनि ऊ चाकरीका लागि तम्सिएको छ, तम्सिरहन्छ । मतलब चाकरी फलदायी भएको छैन । मान्छे गरिब देखिएपछि चाकरी पनि रद्दी नै हुने रहेछ ।
ऊ वल्लो छेउमा बस्यो, उनी पल्लो छेउमा । ऊ जानेरै वल्लो छेउमा बसेको हो, अलि टाढा । आङ्खनो हैसियत । हैसियतबिनाको हैसियत । देहको मैलो गन्ध उनको रातोपिरो नाकभित्र नछिरोस् भन्ने सतर्कता । चाकरी भन्दैमा काखमा बस्न जानु पनि भएन । टाढा बस्नुपर्छ । यसले सुविधा भइदिन्छ । हैसियत छैन र पनि चाकरीको मूल्य स्थापित गर्न खोजेपछि अलि निरापद टाढामा बस्नुपर्छ किनभने चाकरी गरिपाउनेलाई यो लागोस्, चाकरी गर्ने डराएको छ, अदबको ज्ञानले । उनीहरूलाई त के छ ? पुस्तैनी चाकरी गराउदै आए । कसैलाई चाकरी गर्ने अवसर दिनु पनि चाकरीको जाचजस्तै हो ।
अरू त अरू उसको सास पनि ह्वास्स गन्हाउछ । धेरैचोटि उसले धेरैबाट झपाराइ पनि पाएको छ । ‘किन बाजे मन्जन गर्नु हुन्न कि ? कस्तो ह्वास्स गन्हाएको † भर्खर खाएको खाजा ह्वाल्ह्वाली जालाजस्तो भयो । अलि पर सर्नोस् †’ ऊ त्यस्तो बेलामा ‘ह–हे’ गरेर अलि पछि सरिदिन्छ । ‘हर्साले खाएपछि नहुने रै’छ हजुर कत्ति गरे पनि †’ ऊ सोच्छ, कसैले भनोस् ‘अझ यता आऊ, नजिक आऊ’ भनेर त्यो एउटा मन्जनको विज्ञापनमा झैं तर किन त्यस्तो भइदिन्न जीवन ? बिहान त्यही मन्जनले ब्रस गरेको भए पनि उसको सास बसाउने भएन । दरिद्रता यसरी चन्द्रसूर्य झैं अटल भएर बसिदिएको छ ।
सोच्यो, गाडीभित्र कुनै यस्तो यन्त्र लगाएको हुनुपर्छ जसले दुर्गन्धित सास तान्छ र त्यसलाई रिसाइकल गरेर बाहिर सुगन्धित पारेर फाल्छ । त्यस्तो यन्त्र भए उसले घाटीमा फिट गर्ने थियो । अनि, जत्ति नजिक गएर कुरा गरे पनि सास महकिने थियो । यसबेला सास गनाउने चेतना उसभित्र गहिरो गरी उम्लिरहेको छ । मुख कम खोलेर, स्वर दबाएर कुरा गर्ने सतर्कता अपनाएको छ । ऊ आङ्खनो व्यक्तित्वमा सबभन्दा घटिया पक्ष यही हो भन्ठान्छ । ऊ त्यसैले धेरै ठाउ, हाकिमहरूलगायतसित कम सासमा धेरै बोल्ने चेष्टा गर्छ । हत्केला बढी मल्छ, कपाल कन्याउने गर्छ र कुरा कम गर्छ । त्यो अहिले पनि गरिरहेछ । दुई हत्केला दुई घुडाबीच लुकाएर ‘हजुरहजुर’ भनिरहेछ । यो बडिल्याङ्ग्वेजको सा“चोमा ऊ ढालिएको छ ।
गाडीवाल उनले ऊजस्तो अकिञ्चनलाई किन लिङ्खट दिए, ऊ दिमाग कोतरिरहेछ, सोचिरहेछ । उनको दरबारमा ऊ चाकरी बजाउन गएको छैन तर लिङ्खट पायो । एउटा अफवाह उसले सुनेको हो, दुई चारपल्ट । मान्छे उनी बाहिरबाट हेर्दा सुकोमल देखिन्छन् तर भित्रबाट वज्र कठोर छन् रे † भइराखून् । ऊ उनको स्वास्नीछोरी फकाउन जाने होइन । तर, हो, उनको पहुच धेरै छ तर उनीसम्म उसको पहुच हुन सकेको छैन ।
भाषा त्यही थियो । सुन्दर दरबारिया । तर, अझ बढी अदबको खाचो थियो । बदलिएको अन्दाज उसले अपनाउनु थियो । निकै धरमरमा थियो कि ‘सर’ भनू वा ‘हजुर’ । नयानया बनेको क्रान्तिकारी वा क्रान्तिकारी पार्टीको मन्त्रीलाई झैं सर र हजुर दुवै यथोचित प्रयुक्त गर्ने चलाखी गर्ने सोच बनायो ।
ऊ भनेन । उनी भन्यो । मतलब खानदानी थिए, ऊजस्ताले जीवनभरि पिछा गरे पनि फेला नपर्ने । आज संयोग त्यस्तो परिदियो । त्यो संयोगले ऊ ईश्वर छ भन्नेमा आस्थावादी पनि हुन खोज्यो । देशमा ईश्वरहरूको कमी छैन । नचिताएको संयोग थियो । भाग्यप्रति आशावादी पनि भयो । जीवनमा केही अभ्युदय हुने छाट देखिदै छ । छ तर…। उसले उनको चाकरीमा ग्वा ग्वाती रोइदिन पनि सक्थ्यो । त्यस्तो मन पनि बनायो । उनको खुट्टातिर हेर्‍यो । खुट्टा महगा जुत्तामा घुस्रेका थिए । जिउडालले उनी उनीहरूको जस्तो मजदुर वर्गका लाग्दैनथे । लाग्नु पनि थिएन । उच्च घरानाका त हुदै हुन् । त, उसले उनको खुट्टा समातेर ग्वा ग्वाती रोइदिने मौका थियो यो । खुट्टा समात्दा हानि थिएन । उनका जुत्ता पालिसले टलक्क टल्केकै थिए र जिउमा उनले महगा क्याजुअल इटलीका लुगा लगाएका छन् । बाहिर बहुतै हल्ला थियो कि उनी चाकरी असाध्यै मन पराउछन् ।
उसले यति मात्र सतर्कता अपनाउनु थियो, ह्वास्स गनाउने उसको सासले उनी वितृषित नहोऊन् ।
ड्राइभरले जानीजानी हो वा झुक्किएर हो, गीत लगाइदियो— च्याङ्बा हो च्याङ्बा…† गीत स्टेरियो हो वा डिजिटल हो, कुनै सिस्टम भए पनि त्यस सिस्टममा छानिएर मक्खन भएको थियो । तीखा छेउकुना ताछिएर पिडालुमा मुछिएको भातजस्तो सुलुत्त छिर्ने, घाटीमुनि ।
‘सर, यस्तो गीतले मान्छेलाई जवान बनाइदिन्छ ।’ ऊ सस्वर खिसिक्क हासिदियो । भन्नुको अर्थ त्यहा थियो एउटा शिष्ट अश्लीलता । मतलब कि यस्तो गीत गाउनेलाई अर्थात् गायिकालाई त उसले देखेको छैन, तरुनी वा अधबैसे कस्ती छे भनेर तर आवाजको सेक्सीपनलाई इङ्गित गरेर भन्न चाहेको थियो यस्ती तरुनीलाई भोग्न… होइन, होइन यस्ती तरुनीको सङ्गत गर्न पाएमा जीवन सफल हुन्छ भनेर ।
ऊ बेरोजगार थियो । यो विज्ञापित हुन्थ्यो उसको अपियरेन्सबाट । जिउमा दुर्गन्ध पनि थियो । यो भनिसकियो । ऊ बेरोजगारीको आस्वादमा सिंहदरबार अगाडिको फराक पेटीमा हिड्न रुचाउछ । यस्तो गाडीमा बस्न नपाएसम्म । जीवनमा अर्कोपल्ट यस्तो गाडीमा बस्न पाउने सम्भावना शून्य थियो । राजनीतिमा लागेन । बेरोजगारी थियो, राजनीतिमा लागेको भए दारुपानी, गाडीपैसा सबैसबै कमाउने मौका एकपटक जिन्दगीमा अवश्य जुर्ने थियो । तर, खेद उसले सोच्यो, राजनीतिमा लागिएन । अब चान्स पनि छैन । सहर जङ्गल सबैतिरकाले ओगटिसके र बैंक ब्यालेन्स तयार गरिसके । सुकिला भए । बन्दुकहरू खोलामा बगाएर आए । कतै लुकाएका भए पनि । अहिले पछुतो गरिरहेछन् कि जङ्गल पसेर मान्छे खत्तम नगरेको भए पनि राजनीतिमा कब्जा गर्न सकिने रहेछ । यी अहिले त करोडौ“को घरबिल्डिङमा ऐसले बसिएकै छ त । खोइ, अख्तियार लाग्नुवर्नु केही छैन । ऊ राजनीतिमा नलागे पनि त्यो सिंहदरबारअगाडिको पेटीमा फराक पाराले हि“ड्ने गर्छ अख्तियारलाई चुनौती दि“दै । बेरोजगारी भन्नु वंशगत हो । राजपाट गुमाए पनि पानी धमिल्याउन छाडेको छैन भनेभै“m । तर, एउटा कुरो के भने पेटीको छेउछेउमा धेरैधेरै विज्ञापनका होर्डिङ छन् । तीमध्ये ऊ एउटाको नजिक पुग्दा विचारमग्नताका साथ उत्तेजित हुन्छ । त्यहा“ एउटा तन्नेरीले एउटी केटी गाजेर जङ्गलतिर लगिरहेछ । हुन त कारको विज्ञापन हो । पछाडिपट्टि पृष्ठभागमा कार छ तर केटीलाई कारमै नराखेर तन्नेरीले किन काखमा बोकेर जङ्गलतिर लगिरहेछ ? यसको कारण के हो ? ऊ सोचमग्न हुन्छ । जङ्गलतिरै किन, कारैमा दरैगरी भ्याउन सकिन्थ्यो । त्यसअगाडिको दृश्य ऊ केबलको तार चुडिएपछि टिभीको स्क्रिनमा आउने ब्ल्याङ्क राख्छ । अश्लील हुन सक्छ । यो महगो गाडीमा ।
वास्तवमा यो अघटनीय होइन तर यस्तो भइदिन्छ पटकपटक ।
गाडी अकस्मात् रोकियो । गाडीभित्र अभिजात्यजस्तो केही थियो जुन छचल्कियो । उसको सोचाइ भङ्ग भयो ।
‘लौ त…’ रातापिरा सम्पन्नले भने ।
उसलाई यो थाहा भएन, यस्तो सानदार गाडीमा उसलाई किन लिङ्खट दिइयो । उनले किन उसलाई प्रेमपूर्वक गाडीमा बस्ने अफर दिए ?
‘यही“सम्म ।’
‘हजुर ।’
‘के सोच्दै हुनुहुन्थ्यो त यतिन्जेल ?’
‘जीवन †’ उसले फुत्त यति भनिहालेछ । पछुतो लाग्यो । थुथु…, जीवन पनि सोच्ने कुरो हो । उसले सोचिरहेको त कार र केटी थियो मतलब त्यो विज्ञापन ।
‘ल मेरो अभिवादन भनिदिनुहोला नेताजीलाई ।’
ए त्यसो † उसले त सोचेको थियो उसको व्यक्तित्व बेरोजगारीका कारणले विस्फोटक क्रान्तिकारीको भएको छ र एउटै गोष्ठीबाट निस्कदा चन्दा आतङ्क वा बम राखिदिने डरले प्रभावित भएर लिङ्खट पाइएको हो । चन्दाबारे सोचे पनि बमतिर ऊ जान सकेन । बुढेसकालमा के बम पड्काउनु †
उसले लज्जाबोध गर्‍यो र हात पनि बढाएन, मिलाउनलाई । ‘थ्याङ्क्यु’ पनि भनेन, धन्यवाद पनि ।
गाडी अगाडि कुदेर गएको हेरिरह्यो, एउटा रमाइलो मृगतृष्णाझैं ।
‘च्च †’

प्रतिक्रिया