शून्य सूत्रमा दौडँदै केशव

काठमाडौ महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापित हिजोआज तौल बढाउने ध्याउन्नमा छन् । ६५ किलोको ज्यान ८५ किलो नपुगेसम्म उनी चुप लागेर बस्ने छैनन् । त्यसैले साझ चार बजेपछि उनको बास जिमखानामै हुन्छ । ‘के गर्नु अरू घटाउ छन्, मचाहि बढाउन लागिपरेको छु’, उनी मुस्काए अनि कारण पनि खोलिहाले–‘मैले भैरव नाच नाच्नुपर्ने भयो क्या, त्यसका लागि जिउ अलि हुनुपर्छ ।’ केही समयअघि उनले सार्वजनिक कार्यक्रममा भैरव नृत्य गर्ने वाचा गरेका रहेछन् ।  जिम गरेअनुसार डाइट पनि उसै गरी पेलिरहेका छन् रे । उनी हिजोआज बिहान उठेर ध्यान गर्छन्, दिमाग तिखार्छन् । अनि मुलुकलाई योगदान पुर्‍याउने खालका योजनाबारे सोचिरहने सुनाउ“छन् । आङ्खनो प्रातःकालीन क्रियाकलाप सुनाए– ‘पहिले–पहिले ब्रेकफास्ट खादैनथे, फुर्सद पनि हुदैनथ्यो । हिजोआज खान थालेको छु ।’
अबको केही  दिनमा ‘यसो गरे कसो होला’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेछन् । भने– ‘यो पनि मेरो राजनीतिक यात्रा नै हो ।’ हिजोआज उनलाई एउटा सूत्रले छोएको रहेछ– शून्य सूत्र । ‘यो सूत्रले नेपाललाई संसारकै प्रतिस्पर्धी बनाउन सकिन्छ । देशको बनावट अनि भूगोलको सदुपयोग गर्दै बेरोजगारी हटाउन सकिन्छ, त्यसमा राज्यको आर्थिक ‘लगानी’ होइन ‘लागत’ भए पुग्छ ।’ सहरी केन्द्रको पुनःरूपान्तरण र पुनर्जागरण उनको अहिलेको ध्याउन्न रहेछ । सोचिरहन्छन्– ‘विकासलाई कुन गतिमा दौडाउने ?’ दिनभरि यस्तै योजना अनि आफूले सञ्चालन गरेका विभिन्न व्यवसायका निरीक्षणमा बिताउदा रहेछन् उनी ।  जनताका समस्या बिर्सिएर निस्फिक्री आङ्खनै धुनमा ‘मस्त’ हुन सक्दैनन् रे † उनका विचारमा सरकारले सुरु गरेको सडकछेउका घर भत्काउने अभियान न्यायोचित छैन । सडकअगाडिकालाई सुकुम्बासी बनाउने अनि पछाडिकालाई अर्बपति बनाउने गरी अन्धाधुन्द सडक भत्काउने योजनामा सरकार देखिएको ठान्छन् । उनले ल्याएको सुकुम्बासी व्यवस्थापनको योजना अरू देशमा फलो गरियो,  यहा चाहि ‘केशवको योजना काम छैन’ भन्दै लत्याइयो रे † केही दिनअघि उनले प्रधानमन्त्रीलाई भनेछन्– ‘लैनचौरको बाटामा २÷४ आना हुनेलाई सुकुम्बासी बनाउने अनि उनीहरूका घरपछाडि प्रशस्तै जग्गा हुनेचाहि बाटामा जोडिएर झनै अर्बपति हुने † यो त धेरै हुनेलाई झनै फाइदा, नहुनेलाई सिध्याउने चाला पो भयो त । अगाडि थोरै हुनेलाई पछाडि धेरै हुनेको जग्गा उपलब्ध गराइदिए उनीहरू आफैले खुसीखुसी देश विकासका लागि आङ्खनो घर भत्काइदिन्थे, यस्तो तनाबै हुदैनथ्यो ।’
सरकारी कर्मचारीमा रिस्क लिन सक्ने खुबी नभएकै कारण महानगरपालिकाको काम प्रभावकारी हुन नसकेको उनी ठान्छन् । ‘यदि त्यहा जनप्रतिनिधि मात्रै भइदिएका भए पनि धेरै काम हुन्थ्यो, मेरो पालामा म ८६ हजार जनताले भोटमार्फत गरेको आग्रहका आधारमा काम गर्थें’ –उनले विगत सम्झे ।
आङ्खना योजना, अहिलेका प्रवृत्ति, सरकारी रबैया अनि चुनौतीबारे उनी खुले– म नया ढङ्गले जनताका काम गर्ने तयारीमा छु । गैरसरकारी संथामार्फत ठूलाठूला डोजर, लोडर, दमकल, कम्प्युटर, फर्निचरजस्ता आवश्यकीय सामान जिल्लाजिल्लामा पुर्‍याउने योजनामा छु । यो पनि मेरो राजनीतिक यात्रा नै हो  । सबैले बुझ्नुपर्छ– संविधान र सेना समायोजनका राम्रा काममा कसैले अवरोध पुर्‍याउनु हुदैन । यसबीच सरकारले युवालाई रचनात्मक काममा परिचालन गरेर मुलुकको उत्थान सुरु गर्नुपर्ने हो, तर हुन सकेको छैन । राष्ट्रिय विकास परिषद् गठन गरी त्यसमार्फत युवालाई परिचालन गर्ने हो भने धेरै कुरा हुन्छ ।’ प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका संस्थापक उनले लामो समय त्यसको नेतृत्व गरे । अहिलेका युवाका गतिविधि उनलाई चित्तबुझ्दो रहेनछ । उनका अनुसार ठाउ र अवस्था हेरेर युवालाई आयआर्जनमूलक सीप दिलाउनुपर्छ, आङ्खना कार्यकर्तालाई त्यसै गर्थे रे †
उनका अनुसार समाजको धनी मान्छेलाई धन लगानी गर्ने उपयुक्त उपाय दिनुपर्छ, जसले देशलाई फाइदा पुर्‍याओस् । त्यसैबाट मध्यम वर्गलाई पनि अवसर सिर्जना गरेर उनीहरूको सीप लगानी गराउनुपर्छ । हरेक गरिबले देशमा समृद्धिको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्छ । त्यसपछि मात्र देश उन्नत भएको ठहरिन्छ । भन्छन्– ‘तर मान्छे राम्रा काममा आङ्खनो धन खर्च गर्नै चाहदैन । सञ्चित मात्र गरेर त के अर्थ र ? पदमा बस्ने मान्छेहरू पनि आङ्खनो पदीय अवधि सञ्चित मात्रै गरिरहेका हुन्छन् । त्यो पदीय जिम्मेवारीलाई मुलुकको उत्थान गर्ने योजनामा खर्चंदैनन् । काम नगर्ने, पाएपछि ओगटेर बस्ने काम मात्रै गरिरहेछन् ।’
नेपाली राजनीतिमा सिद्धान्त र दर्शनको कुरा गर्ने तर जीवनलाई बेवास्ता गर्ने प्रवृत्ति उनले देखेका रहेछन् । सक्रिय राजनीतिमा रह“दाका बखत उनले आङ्खना ‘भिजन’ लागू गराउने प्रयास पनि गराए रे † ‘झलनाथ खनाल प्रधानमन्त्री हु“दा उनकै जिल्ला इलामबाट सुरु गरौ भने तर वास्तै गरेनन् । मैले भनेको मानेका भए झलनाथको सरकार ‘झलल’ हुन्थ्यो ।’ कुनै बेला नेकपा (एमाले) भित्र सक्रिय भूमिकामा रहेका उनी अहिले बाहिरी जीवनमै मस्त छन् ।  कुनै रेस्टुरेन्टमा पुगेर दोहोरीमा नाच्न पनि भ्याउ“छन् । भन्छन्– ‘अहिले कसैको आदेशको परबाह छैन, आफै“ मालिक आफै“ नेता । आङ्खनै ढङ्गले काम गर्न स्वतन्त्र भएको छु ।’ उनका १६ वटा कम्पनी छन् रे, त्यसबाट थुप्रै काम सुरु भइसकेको सुनाए ।
पछिल्लो पटक शाही शासनकालमा ‘मेयर’ को जिम्मेवारी सम्हालेकाले अहिले नेकपा (एमाले) ले उनलाई पार्टीभित्रका जिम्मेवारी उपलब्ध नगराएको विश्लेषण पनि कतैकतै उनीबारे सुनिन्छ । उनी यसलाई यसरी खण्डन गर्छन्– ‘राजाको गोडामा चढाउन मोहोर बोकेर जानेहरू पार्टीको नेता हुन हुने, मचाहि“ नहुने † बरु मैले राजाको पक्षमा बोलिन, खुरुखुरु आङ्खनो काम गरे । कलङ्कीको बाटो फराकिलो बनाए, कसैले विरोध गरेन । जुन अवस्थामा भए पनि अवसर सदुपयोग गर्दै जनताका काम गर्नु मेरो धर्म नै हो ।’

प्रतिक्रिया