“एकचोटि आएकाहरू फेरि मेरै सैलुनमा”

अमिर गौतम, नायक

चलचित्र ‘चपली हाइट’को चर्चा र सफलतासगै नायक अमिर गौतमको चलचित्रयात्रा पनि निकै फराकिलोहुँदै गएको छ । यसअघि ‘मिसन पैसा’मा अभिनय गरेर केही चर्चा बटुलेका उनले अभिनय गरेको अर्को चलचित्र ‘दिलमा सजाए तिमीलाई’ पनि प्रदर्शनको तयारीमा छ । प्रदर्शनमा रहेको चपली हाइटको प्रमोसनका लागि यतिखेर आङ्खनै ठाउ हेटौडामा रहेका यी नायक त्यहा“ आफूलाई एकदमै राम्रो प्रतिक्रिया मिलेको सुनाउदै थिए ।
अभिनयमा नलागेको भए यी नायक के बन्थे होलान् ? उनले उत्तर दिए– ‘पक्कै पनि व्यापारी बन्थे ।’ कथंकदाचित् व्यापारी नभएर ‘हजाम’ पेसा अपनाउनुपरेको भए उनका अनुभूति कस्ता हुदा हुन् त ? उनले सुनाए– ‘अरूको कपाल काट्ने ‘हजाम’ पेसा पनि राम्रै हो नि, अहिले नेपालमा यो पेसा निकै फस्टाएको छ ।’
हजामहरू मान्छे हेरेर रेट तोक्दै ग्राहक ठग्छन् भन्ने सुनिन्छ, तपाईंचाहि के गर्नुहुन्थ्यो ? ‘कहा ठग्ने कुरा गर्नुभएको ? म त ग्राहकलाई यति राम्रो सर्भिस दिन्थे कि एकचोटि आएकाहरू फेरि पनि मेरै सैलुनमा आउँथे ।’ अनि हजामलाई ठग्ने मामिलामा ग्राहक पनि कम्ती त कहा हुन्छन् र ।  अमिर के गर्दा हुन् ? ‘ठग मान्छे पनि दुई किसिमको हुन्छ । एकथरी पैसा नभएरै ठग हुन्छ भने अर्काचाहि“ वास्तविक ठग । वास्तविक ठग सहरका मुन्द्रे केटाहरू हुन्छन् । तिनीहरूलाई सम्झाउन त अलि गाह्रो हुन्छ । तैपनि परेपछि सम्झाइहालिन्थ्यो नै ।’ मानौ, अमिरले कपाल काटिदि“दै गर्दा कै“चीले ग्राहकको कान काटिदिएछन्, ग्राहक रिसाएर मुर्मुरिन थाल्छ । त्यति बेला के गर्ने नि ? अमिरले समाधान पनि निकालिहाले– ‘त्यो भनेको एउटा दुर्घटना हो । यस्तो अवस्थामा माफीको शब्द काफी छ ।’ माफी नदिई झन् हातपातमै उत्रिए भने नि ? ‘त्यस्तो हुदैन, उहाले कराउ“दा म पनि सगसगै झोक्किए भने मात्र त्यसो हुन सक्छ । मैले त माफी मागिसकेको हुन्छु, त्योभन्दा ठूलो सजाय कुन होला र ?
हजाम पेसाका काल्पनिक क्रियाकलापमा डुबेका अमिरले त्यसबाट बाहिर निस्किनासाथ सरकारलाई सुझाब दिन पनि भ्याए– ‘सरकारले पनि यो पेसालाई निगरानी राख्नुप¥यो, जताततै खुला रूपमा कपाल काट्न दिनु भएन । अहिले धेरै सैलुन छन्, तिनैलाई व्यवस्थित गरेर यसलाई थप परिमार्जन गर्न सक्यो भने देशमा बेरोजगार पनि कम हुन्थे ।’
प्रस्तुति, विशाल

प्रतिक्रिया