बस दुर्घटनामा एकको मृत्यु, १० यात्रु घाईत

नेपालगन्ज, ३ चैत । बर्दियाको रम्भापुरमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दस यात्रु घाईते भएका छन् ।

नेपालगन्जबाट महेन्द्रनगरका लागि छुटेको बस रम्भापुरमा दुर्घटना हुँदा बसमा सवार डोटीका मानबहादुर बोहराको मृत्यु भएको हो ।

ना ४ ख ४८५८ नम्वरको बस दुर्घटना हुँदा दस यात्रु बर्दियाका प्रहरी प्रमुख रामकृपाल शाहले जानकारी दिए ।

उता, ईटा लिएर तनहुँको जामुनेबाट सदरमुकाम दमौली तर्फ आउँदै गरेको ट्याक्टर आज जामुने गाविस–२ गुणादीस्थित पृथ्वीराजमार्गमा दुर्घटना हुँदा ट्याक्टरमा सवार २ मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही जिल्ला हजरिया गाविस ७ का ३० बर्षीय अवधलाल कुँवर र हरिवन गाविस–७ का १८ बर्षीय सुरेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा अन्य २ मजदुर पनि घाईते भएका छन् । घाईते हुनेमा हजरियाका २५ बर्षीय कृष्ण चौधरी र हरिवनका ४० बर्षीय जितनारयण चौधरी रहेका छन् । घाईते दुबैको दमौली अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया