स्थानीय निकायको निर्वाचन सम्भब छैनः मन्त्री रायमाझी

बागलुङ, २३ फागुन । स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले जेठ १४ अघि स्थानीय निकायको निर्वाचन गर्ने सम्भब नरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले जेठ १४ मा नयाँ संविधान जारी नगर्दा सम्म स्थानीय निकायको निर्वाचन सम्भब नभएको बताए । उनले अहिले स्थानीय निकायको निर्बाचनमा लाग्दा शान्ति र संबिधानको काम प्रभाबित हुने भएकाले नयाँ संबिधान जारी भएपछि तुरुन्तै स्थानीय निकायको निर्बाचनको तयारी गुर्नपर्ने बताए ।

स्थानीय निकायमा दलीय संयन्त्र खारेज भएपछि त्यसको बिकल्पका बारेमा मन्त्रालयले तयारी गरिरहेको र छिट्टै बैधानिक र कानूनी प्रकृया मिलाएर नयाँ संयन्त्र निर्माण हुने जानकारी दिए ।

प्रतिक्रिया