डायमनका उपन्यासबारे पुस्तक

काठमाडौँ, २० फागुन । वरिष्ठ साहित्यकार डायमनशमशेरका कृतिहरूमाथि अनुसन्धान गरी डा. टीकाराम पोखरेलद्वारा रचिएको समालोचनात्मक पुस्तक ‘ऐतिहासिक उपन्यास सिद्धान्त र स्वरूप’ को शनिबार राजधानीमा विमोचन गरिएको छ ।
डायमन शमशेरको प्रथम स्मृति दिवसको अवसर पारी यहाँ आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षा
राज्यमन्त्री लीला भण्डारीले पुस्तकको विमोचन गरेकी थिइन् । कार्यक्रममा वक्ताले स्व. डायमनशमशेरको व्यक्तित्व एवम् कृतित्वबारे चर्चा गरेका थिए । (सौस)

प्रतिक्रिया