तीन अपहरणकारी सार्वजनिक

हेटौंडा, १८ फागुन । पोखराका ब्यापारी निमा लामालाई अपहरण गरी फिरौती माग गरिरहेको अवस्थामा बुधबार हेटौंडामा पक्राउ परेका तीनजना अपहरणकारीलाई प्रहरीले बिहिबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन अपहरणकारीलाई सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेमा सिन्धुली कल्पबृक्ष गाविस वडा नम्बर ६ चनौटेका २६ बषिर्य प्रेम लामा, ३२ बषिर्य सुन्दर लामा र हेटौंडा ५ सानोपोखराका २६ बषिर्य हेमन्त थापा रहेका छन् ।  व्यापारी लामा काभ्रे स्थायी घरभइ पोखरामा तरकारी तथा कपडाको ब्यापार गर्दै आएका थिए । लामालाई अपहरणकारीले फागुन १६ गते हेटौडा बसपार्कबाट अपहरण गरेका थिए ।
अपहरण गरी हेटौडा ५ स्थित भैरव होटलमा बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले लामाको सकुशल उद्दार गरेको हो । लामालाई अपहरण गरिसकेपछि उनीहरुले लामाकी भाउजु बिन्दुमाया वाइवालाई फोन गरी २ लाख रुपिया फिरौती नदिए लामालाई मारिदिने धम्की दिएका थिए । बिन्दुमाया पैसा खोजेर पुर्‍याउन जानेक्रममा प्रहरी निरिक्षक मोहन अधिकारीको नेतृत्वमासागै गएको साधा पोशाकका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेको सुन्दर लामाले निमा गैंडाको खाग तस्करी काण्डमा मुछिएर फरार रहेको र प्रहरीलाई खबर नगरे पैसा दिने प्रलोभन देखाएकाले आफूहरु फसेको बताएका छन् ।
“५० लाख रुपिया फिरौति मागे पनि पटक पटकको फोन सम्पर्कमा आफुले त्यति दिन नसक्ने बताएपछि २ लाखमा झरेको निमाका भाउजु बिन्दुमायाले जानकारी दिईन् । प्रहरीले निमाका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ । सवैठाउवाट जानकारी दिनका लागि पत्राचार गरिसकेको छौं जानकारी नआए सम्म लामा पनि प्रहरीको सम्पर्कमा रहने प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेको तीनै जनालाई अपहरण तथा शरीर बन्धक अन्र्तगत मुद्दा चलाइने प्रहरी नीरिक्षक अधिकारीले बताए ।

प्रतिक्रिया