वाइसिएलको आन्दोलन माओवादी विरुद्ध

दाङ, ११ फागनु । सत्तारुढ एकृकीत माओादीको सहायक संगठन वाईसिएलले आफ्नै पार्टी विरुद्ध आन्दोलन गर्नेभएको छ । स्वेच्छिक अवकास रोजेका माओवादी लडाकु सरह सेवा सुविधाको माग गर्दै वाइसिएलले विहिवारदेखि आफनै पार्टी विरुद्ध आन्दोलन थालेको बताएको छ । वाइसिएल घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो ।
वाईसिएलले १४ गते देखि पार्टी भित्र देखिएका विकृति र विसंगति बिरुद्ध घोराहीमा सभा गर्ने बताएको छ । संघर्षकै कार्यक्रम अन्तर्गत १५ गते देखि २० गतेसम्म केन्द्रीय सदस्य देखि नेत सम्म र जनसेना कमाण्डरहरुका सवारी चल्न नदिने, २१ र २२ गते केन्द्रीय कार्यालय पेरिस डाडाँ घेराउ गर्ने लगाएतका कार्यक्रम रहेको वाईसिएलका मगरात राज्य समिति संयोजक धु्रब घिमिरेले जानकारी दिए । वाईसिएलले २३ गते अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाट निवासमा अनिश्चितकालिन घेराउ गर्ने जनाएको छ ।
जनमुक्ति सेना नेपाल ५ औँ डिभिजन अन्र्तगत रोल्पाको दहबनबाट आफुहरुलाई वाइसिएलमा लिएको भनिएका एक सय ५० जना लडाकुले दहवनमा डिभिजन कमाण्डरसँग छलफल गरेका छन् ।

प्रतिक्रिया