परिक्षा बहिष्कार गर्ने शिक्षकहरुको चेतावनी

काठमाडौ, १७ फागुन । बिभिन्न शिक्षक संगठनमा आबद्ध शिक्षक नेताहरुले आफूहरुले अगाडि सारेका ४७ सुत्रीय माग पुरा नभए विद्यालयहरुमा हुने अन्तिम परिक्षा बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरुले आन्दोलन र बार्तालाई जारी राख्ने पनि जनाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा नेपाल शिक्षक यूनियका अध्यक्ष दिलबहादुर जोशीले सहमति कार्यान्वयन नगरे विद्यालयहरुका आशसन्न अन्तिम परिक्षा बहिस्कार गर्ने बताए । जोशीले शिक्षाका मागलाई अध्यादेशबाट ऐन संसोधन गरेर संबोधन गर्नु पर्ने बताए । उनले भने, ‘बार्ता र आन्दोलन जारी रहन्छ ।’
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले शिक्षा ऐनलाई दलहरुवीचको सहमतिका आधारमा अध्यादेशमार्फत संसोधन गर्नु पर्ने बताए । उनले विद्यालय बन्द नगर्ने भन्दै बार्ता र आन्दोलनलाई सँगै लजाने उल्लेख गरेका छन् ।
गणतान्त्रिक शिक्षक यूनियनका अध्यक्ष गुणराज लोहनीले संबोधन नगरिए आन्दोलन अझै कडा गर्ने चेतावनी दिए ।
नेपाल शिक्षक संघका  अध्यक्ष मोहन ज्ञावलीले शिक्षा क्षेत्रको विकासका लागि आन्तरिक राजस्वबाट बेहोर्ने गरी २५ प्रतिसत छुट्याए शिक्षा क्षेत्रको समस्या समाधान गर्न सकिने बताए ।
प्याब्सनका अध्यक्ष बाबुराम पोखरेलले विद्यार्थीको अध्ययन प्रभावित हुने गरी भएका आन्दोलनको बिरोध गरेका छन् ।
हिसानका अध्यक्ष उमेश श्रेष्ठले विद्यालय खोल्ने अनुमति दिने तर दरवन्दी नदिने सरकारी नीतिका कारण शिक्षा क्षेत्रमा समस्या देखिएको दावी गरे ।
नेपाल शैक्षिक गणतान्त्रिक मन्चका अध्यक्ष होमबहादुर थापाले सामूदायिक र निजी विद्यालयहरु शिक्षा ऐन अनुसार नचलेको दावी गरेका छन् ।
नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बन्दले विद्यार्थी र अभिभावकलाई आतंकित पारेको भन्दै बन्दको विकल्प खोज्न सुझाव दिए ।

प्रतिक्रिया