ध्यान सामाजिक सञ्जालतिर

काठमाडौं । नेपाली सिने क्षेत्रमा फेसबुक, टि्वटर, यु-ट्युबजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर चलचित्रको बजार पहिल्याउने क्रम बढेको छ । पुरानै प्रचारशैलीले दर्शक आकषिर्त नहुने देखेपछि चलचित्रकर्मीहरु सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न लोभिएका हुन् ।पोष्टर, पम्प्लेट हेरेकै भरमा अब दर्शक चलचित्र हेर्न हलसम्म पुग्लान् भन्नु मूर्खता हो, अहिले देशभर चलिरहेको मिसयुका निर्देशक सुरेशदर्पण पोखरेल भन्छन् ।
पोखरेलले चलचित्रको पब्लिसिटीको लागि सामाजिक सञ्जालको माध्यम सबैभन्दा बढी उपयोग गरेको बताए । यसले तत्काल चलचित्रप्रति दर्शकको मनोविज्ञान बुझ्न सहयोग गरेको उनको अनुभव छ ।
व्यापारिक हिसाबले सफल मानिएको चलचित्र ुलुटुले पनि प्रचारप्रसारको लागि सहरका भित्ता पोष्टरहरुले रंगाएन । ुलुटुले सामाजिक सञ्जालकै उपयोग गरेर प्रचार गर्‍यो, जुन निकै प्रभावकारी ठहरिएको निर्देशक निश्चल बस्नेतको दाबी छ । उनले भने, ुचलचित्र हेरेपछि दर्शकले फेसबुक र टि्वटरबाट झनै बढी पोष्ट तथा प्रतिक्रिया दिए । हामीले त केही पनि गर्ने परेन ।
चलचित्र निर्देशक नरेश पौडेलका अनुसार दुई दशकअघिसम्म नेपाल टेलिभिजन, रेडियो नेपाल र पोष्टर मात्रै चलचित्र प्रचारका माध्यम थिए । तर अहिले प्रविधिको विकाससँगै प्रचारको आयाम समेत फराकिलो बनेको उनी बताउँछन् । भन्छन्, चलचत्रले त अहिले आएर पो सामाजिक सञ्जालको उपयोग गरिरहेको छ । अन्य व्यापारिक संस्थाहरुले यसैको प्रयोग गरेर आज कहाँ पुगिसके ।
चलचित्रकर्मीहरु प्रचारप्रसारको यो नयाँ शैलीले नेपाली सिनेमाले लक्षित वर्ग समेत परिवर्तन गर्न थालेको संकेतको रुपमा समेत अथ्र्याउने गर्छन् । निर्देशक नवीन सुब्बा नेपाली चलचित्रले आफ्नो लक्षित दर्शक सहरी युवालाई बनाउन थालेको बताउँछन् । ुगाउँले परिवेश देखाउनेहरु अब सहरी युवाको समस्यामा केन्दि्रत हुन थालेका छन्, उनले भने ,सहरका दर्शक पोष्टर हेरेर सिनेमा र्हर्न आउँदैनन । त्यही भएर बाध्य भएर सिनेमाले पनि प्रचारप्रसारको नयाँ माध्यम खोज्नै पर्‍यो ।ु
पछिल्लो समय राम्रो मानिएका नेपाली चलचित्रले लक्षित वर्ग परिवर्तन गर्दै प्रचारप्रसारको शैलीलाई समेत त्यही रुपमा ढालेका छन् । लुट आइएम सरी मिस यु सबै सहरी युवा वर्ग लक्षित चलचित्र हुन्, जसले सामाजिक सञ्जाललाई प्रचारमा प्रचुर प्रयोग गरे । व्यापारिक दृष्टिले निष्प्रभावी मात्रै होइन जथाभावी गरिने पोष्टरिङले सहरको सौन्दर्यलाई समेत बिगार्छ । त्यही भएर कर्ण शाक्यले सकारात्मक सोचको चलचित्र पलुको प्रचार पोष्टर नटाँगी गरेका थिए ।
निर्देशक पौडेल कथानक, विषवस्तु र प्रस्तुति शैली र कलाको सुन्दर संयोजन गर्न सकेमात्रै चलचित्रले दिर्घकालीन रुपमा दर्शकको मन जित्न सक्ने हुँदा प्रचार भन्दा पनि प्रस्तुतिमा फरकपन खोज्नुपर्ने सुझाव दिन्छन् । भन्छन् ,अहिलेको दुनियाँमा विज्ञापनबिना बजार खोज्न गार्‍हो छ, तर योसँगै चलचित्र आफैं पनि उत्कृष्ट हुनु अत्यावश्यक छ ।

प्रतिक्रिया