रविको अमेरिकास्थित घरमा लिलामीको सूचना

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाँध्य बनाएको अभियोगमा टेलिभिजन प्रस्तोता रवी लामिछाने चितवन प्रहरीको हिरासतमा छन् । यति बेलै उनको अमेरिकास्थित घर लिलामीको सूचना प्रकासित भएको छ ।

दुई महिनादेखि घरको किस्ता नबुझाएपछि अमेरिकाको घरजग्गा कारोवार गर्ने संस्थाले घरमा लिलामको पत्र पठाएको छ । अमेरिकाको क्यालिफोनियामा रविको नाममा एउटा घर छ । जहाँ पूर्वपत्नी र छोरीहरु बस्दै आएका छन् ।

पूर्वपत्नी इशासँग सम्बन्ध बिच्छेद गर्दा घर उनका नाममा गरिदिने सहमति भएको थियो । तरपनि रविले हालसम्म इशाका नाममा घर पास गरिदिएका छैनन् । घर आफ्ना नाममा नभएपछि इशाले पनि घरको किस्ता बुझाएकी छैनन् । घरको किस्ता नबुझाएका कारण ६ जुनमा घर जग्गा कारोवार गर्ने संस्थाले लिलामीको पत्र पठाएको छ । तत्काल घर खाली गर्न रविका नाममा पत्र जारि गरेको छ ।

अमेरिकाको घर लिलाम हुने भएपछि पूर्वपत्नी इशा र छोरीहरु समस्यामा परेका छन् । तर रविभने नेपालको हिरासतमा छन् । आफ्नै सहकर्मीलाई मानसिक र शारिरिक यातना दिई मर्न बाध्य बनाएको आरोपमा उनीमाथी प्रहरीले छानविन थालेको छ ।

 

प्रतिक्रिया