यस सिजन थप नयाँ खेलाडी अनुबन्ध गर्नुपर्छ

Bayern Munich’s Austrian defender David Alaba attends a public football training session during the club’s preparation camp for the upcoming season in Rottach-Egern, southern Germany, on August 10, 2019. (Photo by Christof STACHE / AFP)

एजेन्सी, लण्डन । बायर्न म्युनिखका रक्षक डेविड अलबाले आफ्नो भविष्य र क्लबको भविष्यबारे चिन्ता व्यक्त गरेका छन् । अलबाले बलियो र पुरानो साख जोगाउनका लागि आगामी सिजनका लागि नयाँ खेलाडी अनुबन्ध गर्नुपर्ने धारणा क्लबलाई दिएका हुन् ।  अलबाले सेप्टेम्बर २ तारिखमा बन्द हुन लागेको खेलाडी सरुवा बजारअघि क्लबले एक वा दुई खेलाडी अनुबन्ध गर्नुपर्ने बताएका हुन् । शनिबारबाट हुने बुन्डेसलिगाअन्तर्गत बायर्नले हार्था बर्लिनसँग खेल्दै लिगको सुरुआत गर्दै छ ।

‘बुन्डेसलिगाको यस सिजन बल्ल सुरुआत हुँदै छ । लामो सिजन खेल्नुपर्ने हुन्छ । हामीलाई अभैm राम्रा र अनुभवी खेलाडीको खाँचो पर्छ । बेन्चमा पनि उत्तिकै राम्रा खेलाडीको आवश्यकता हुन्छ’, २७ वर्षे अलबाले भने, ‘मेरो विचारमा अन्य एक वा दुई राम्रा खेलाडीको खाँचो क्लबलाई रहेको छ । प्रतिस्पर्धात्मक लिगका लागि केही नयाँ र अनुभवी खेलाडीको आवश्यकता पर्छ । लामो लिग चल्ने भएकाले बेन्चमा रहने खेलाडी पनि उत्तिकै मजबुत हुनुपर्छ ।’

अलबा सर्वाधिक मूल्यमा क्लबमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । स्टार खेलाडी राबार्टो लेवान्डोस्कीको पहलमा अलबा क्लबमा अनुबन्ध भएका थिए । यस्तै बायर्नका कप्तान म्यानुयल नोयरका एजेन्टले पनि अलबालाई क्लब अनुबन्धका लागि पहल गरेका थिए । यसै वर्ष बायर्न खेलाडीको विषयलाई लिएर धेरै आलोचित भएको थियो ।

क्लबमा यसै वर्ष मात्र सिनियर खेलाडी आर्जेन रोबेन, फ्रान्क रिबेरी र म्याट्स ह्युमेल्सले सिजनको अन्त्यमा क्लब छाडेका थिए । त्यसपछि जर्मन क्लब बायर्नले गत विश्वकप विजेता फ्रान्सका रक्षक बेन्जामिन पाभार्ड र लुकास हर्नान्डेजलाई यसै वर्ष क्लबमा अनुबन्धित गरेको थियो ।
साथै अघिल्लो साता क्लबले इन्टर मिलानका इभान पेरिसिजलाई पनि एक वर्षका लागि लोनमा भित्र्याएको छ । म्यानचेस्टर सिटीका लोरेइ सानेलाई क्लबमा अनुबन्धित गर्न पहिलो प्राथमिकता राखे पनि उनको चोटका कारण दोस्रो रोजाईमा रहेका इभानलाई क्लबले लोनमा भित्र्याएको हो ।

बार्सिलोनाका मिडफिल्डर फिलिप काउन्टिन्हो र युभेन्ट्सका स्टाइकर मारियो मान्डुज्कीलाई क्लब अनुबन्धित गर्नका लागि बायर्न प्रयासमा छ । यसै कारण गर्दा हालै अलबा कुनै एक खेलाडी अनुबन्धित हुनेमा विश्वस्त छन् । ‘प्रशिक्षकप्रति पूर्ण विश्वास छ र उनले क्लबमा अन्य नयाँ खेलाडी पनि भित्र्याउन सक्छन्,’ अलबाले थपे, ‘क्लबमा मेरो भविष्यबारे पनि अन्यौल छ ।’

अलबाको सम्झौता आगामी २०२१ सम्म रहेको छ । ‘म बायर्नमा केन्द्रित छु । अर्को वर्ष के हुन्छ अनिश्चित नै छ,’ यसअघि बार्सिलोना अनुबन्धित हुने चर्चा पाएका अलबाले भने, ‘म नयाँ चुनौती सामना गर्न खोज्ने खेलाडी हुँ । बायर्न होस् या अन्य क्लब । म नयाँ चुनौती र नयाँ वातावरणमा खेल्न चाहन्छु ।’

प्रतिक्रिया