थापाथलि र गजुरमुखी फाइनलमा

ललितपुर । तुल्सीलाल अमात्य स्मृति पाँचौँ राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको फाइनलमा थापाथलि चेस पार्क र गजुरमुखी चेस क्लब इलामबीच उपाधिको लागि भिडन्त हुनेछ ।  शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा थापाथलि चेस पार्कले लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुमलाई ४–० ले पराजित गरे । थापाथलिका आशिष फुँयालले मिलन लामा, रूपेश जैसवालले विवेक श्रेष्ठ, क्षितिज भण्डारीले सुश्रुत दाहाल र सुमितपन्तले मिलन रोकालाई माथ गरे ।

अर्को खेलमा गजुरमुखीले गोल्डेनगेटलाई २.५–१.५ अंकले हराएका थिए । गजुरमुखीका मनिष हमाल र प्रकाश नेपालले क्रमशः भुपेन्द्र निरौला र मदनकृष्ण कायस्थलाई स्तब्ध पारे । गोल्डेनगेटका केशव श्रेष्ठले रिजेन्द्र राजभण्डारीलाई हराए पनि शुरवीर लामा र कृष्ण थापाबीच बराबरी हुँदा गजुुरमुर्खी फाइनल प्रवेश गरे ।

नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोटर््स क्लबको संयुक्त आयोजनामा च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित खेलमा गोल्डेनगेट र लुम्बिनी तेस्रो स्थानको खेल्नेछन् । फाइनल खेल शनिबार हुने संयोजक हेराकाजी महर्जनले बताए । प्रतियोगिताका विजेताले नगद एक लाख ७५ हजार र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रोले ६० हजार र चौथौले ४० हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया