फोनिजमा जम्नेली निर्वाचित

उदयपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ को अध्यक्षमा अर्जुन जम्नेली निर्वाचित भएका छन् । उदयपुरमा शुक्रबार सम्पन्न फोनिजको प्रथम ऐतिहासिक प्रादेशिक महाधिवेशनबाट जम्नेली निर्वाचित भएका हुन् ।

महाधिवेशनले जम्नेलीको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा फिपराज बेघा र भूमिका सुब्बा फियाक निर्वाचित भएका छन् । महासचिवमा विदुर खवास निर्वाचित भएका छन् ।

त्यसैगरी संगठन सचिवमा सन्देश सुब्बा र संस्थागत सचिवमा अप्सरा समाल मगर निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुसन राई निर्वाचित भएका छन् । सदस्यहरूमा वीरबहादुर पापो, राजन साम्पाङ राई, प्रेम देवान, टकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन निर्वाचित भएका छन् । महिला सदस्यहरूमा साहारा लिम्बू, मानवी तामाङ र विनादेवी तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै संस्थागत सदस्यहरूमा नविन गुरुङ, प्रदीपकुमार चौधरी, चन्द्रकुमार राई र अतित योङहाङ निर्वाचित भएका छन् । अल्पसंख्यक सदस्यमा विजय धिमाल निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा घनेन्द्र केरुङ र सदस्यहरूमा खगेन्द्रकुमार राई र ज्ञानु केदेम लिम्बू निर्वाचित भएका छन् । सोही महाधिवेशनले १९ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।

तीन दिनसम्म चलेको महाधिवेशनमा प्रदेश–१ का १४ जिल्लाका १ सय २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

प्रतिक्रिया