भारतलाई वान डे सिरिज

एजेन्सी, वेस्टइन्डिज । वेस्टइन्डिजसँगको तीन वान डे सिरिज पाहुना टोली भारतले २÷० ले जितेको छ । बिहीबार बिहान डकवर्थ लेविस पद्धतिको आधारमा तेस्रो वान डे खेलमा ६ विकेटले पराजित गर्दै भारतले सिरिज क्लिनस्वीप गरेको हो । वर्षाको कारण लामो समय खेल अवरुद्ध हुँदा भारतले ३५ ओभरमा जितको लागि दुई सय ५५ रनको लक्ष्य पाएको थियो । भारतले ३२ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । भारतको जितमा कप्तान विराट कोहलीले ९९ बलमा १४ चौका सहित एक सय १४ रनमा अविजित रहँदै जित पक्का गरे । उनको यो ओडीआई करिअरको ४३ औँ शतक हो ।

केदार जाधवले १२ बलमा एक चौका र छक्का सहित १९ रनमा अविजित रहे । युवा खेलाडी श्रेयस ऐरले ४१ बलमा ५ छक्का र ३ चौकासहित ६५ रनको महत्वपूर्ण योगदान दिए । ओपनर रोहित शर्मा १०,शिखर धवन ३६ र ऋषभ पन्त डक आउट भए । वेस्ट इन्डिजका लागि एबियन एलिन २ र केमर रोचले एक विकेट लिए ।

त्यसअघि टस जितेर वेस्टइन्डिजले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै दुई सय ४० रन बनाएको थियो । २२ ओभरमा एक सय ५८ रन बनाउन २ विकेट गुमाएको अवस्थामा वर्षा सुरु भएपछि लामो समय नरोकिँदा खेल ३५ ओभरमा झारिएको थियो । वेस्टइन्डिजका लागि ओपनर क्रिस गेलले ४१ बलमा ८ चौका र ५ छक्का सहित ७२ रनको विस्फोटक इनिङ खेल्दै राम्रो सुरुआत दिलाएका थिए ।

इभिन लुईस २९ बलमा ५ चौका र ३ छक्का सहित ४३ रन जोडे । गेल र लुईसले सुरुवाती पहिलो विकेटका लागि १० दशमलव ५ ओभरमा १ सय १५ रन जोड्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । विकेटकिपर शाई होप २४, सिमरोन हिटमायर २५, निकोलस पुरन ३०, जोसन होल्डर १४, कार्लोस वर्थवेट १६ रनमा आउट भए । भारतका लागि मोहम्मद खलील अहमद ३, मोहम्मद सामी २, युजभेन्द्र चाहल र रवीन्द्र जडेजाले समान १÷१ विकेट लिए ।

पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो भने दोस्रो खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा ५८ रनले विजयी भएको थियो । वेस्टइन्डिज र भारतबीच थप दुई टेस्ट खेल हुने छ ।

प्रतिक्रिया