युरो टी–ट्वान्टी स्ल्याम स्थगित

एजेन्सी, पेरिस । युरोपको फ्रेन्चाइज क्रिकेट लिग ‘युरो टी–ट्वान्टी स्ल्याम’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण यस वर्ष नहुने भएको छ ।
आयोजक बोम्बे स्पोर्ट्स लिमिटेड र वुड्स इन्टरटेनमेन्टले बुधबार प्रतियोगिता स्थगित भएको जनाएको छ । आयोजकले प्रतियोगिता सुरु हुन दुई हप्ता बाँकी रहँदा प्रतियोगिता स्थगित गरिएको जनाएको हो । आयोजकले प्रेस विज्ञप्ति निकाल्दै सहभागी टिम, प्रायोजकहरूसँग छलफल गर्दा यस वर्ष प्रतियोगिता गर्न असम्भव रहेको कारण स्थगित गरिएको जनाएको छ ।

प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर २२ सम्म हुने तालिका रहेको थियो । यस्तै आयोजकले अब प्रतियोगिता सन् २०२० मा आयोजना गरिने बताएको छ । तर, मिति भने खुलाएको छैन । क्रिकेट स्कटल्यान्ड, क्रिकेट आयरल्यान्ड र नेदरल्यान्ड क्रिकेट बोर्ड सहआयोजक रहेको प्रतियोगितामा ६ टिम रहेका थिए । प्रतियोगिताको लागि सबै टिमले अक्सनबाट खेलाडी समेत छनोट गरिसकेको थियो ।

प्रतियोगिता अगष्ट ३० देखि सेप्टेम्बर २२ सम्म हुने तालिका रहेको थियो । यस्तै आयोजकले अब प्रतियोगिता सन् २०२० मा आयोजना गरिने बताएको छ । तर, मिति भने खुलाएको छैन । क्रिकेट स्कटल्यान्ड, क्रिकेट आयरल्यान्ड र नेदरल्यान्ड क्रिकेट बोर्ड सहआयोजक रहेको प्रतियोगितामा ६ टिम रहेका थिए । प्रतियोगिताको लागि सबै टिमले अक्सनबाट खेलाडीसमेत छनोट गरिसकेको थियो ।

प्रतिक्रिया