पुल भाँचिएपछि बुटवल नारायणगढ सडक अवरुद्ध

नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा रहेको पुल भाँचिएको छ । पुल भाँचिएपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्धका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर चल्ने सवारी साधन विच बाटोमै रोकिएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ४७१ को ट्रक बिहान ४ बजे पुलमा ठोक्किएपछि सो पुल भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

ट्रकको ठक्करबाट पुलको एकतर्फी भागमा क्षति पुगेको भएपनि सुरक्षाका कारण ठूला सवारी साधन सन्चालनमा रोक लगाइएको प्रहरीको भनाइ छ । पुल मर्मत गर्न केहि दिन लाग्ने भएकाले तत्काल सडकलाइ डाइभर्सन गरि यातायात सन्चालन गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया