रोजगारी वृद्धिका लागि रेशम खेती

के.बी. बस्नेत

नेपालको आर्थिक समृद्धिका लागि खेतीपातीले महत्वपूर्ण योगदान पु¥याउन सक्छ । तर, यसका लागि खेतीमा विविधता अपनाउनु आवश्यक छ । साथै, उद्योगलाई टेवा दिने खेती गर्नु जरुरी छ । रेशम खेतीले पनि उद्योगलाई टेवा दिन सक्छ । नेपालमा ०३२ सालमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० मा रेशम विकास केन्द्र स्थापना गरिएको थियो । जुन यहाँ स्थापित ९ वटा फार्मको केन्द्र हो ।

उक्त केन्द्र कोइका (कोरियाली संस्था) र जाइका (जापानी संस्था) को सहयोगमा ०४६-४७ सालमा सञ्चालन गरियो । यी विदेशी संस्थाहरूले सहयोग गर्न छाडेपछि सो केन्द्र नेपाल सरकारद्वारा सञ्चालन भइरहेको छ । देशको संघीय संरचनाअन्तर्गत यो केन्द्र राष्ट्रिय फार्मको रूपमा छ । सुरूमा सो केन्द्रको काम कोकन अर्थात् रेशमकीराले किम्बु खाएर बनेको डल्लो खरिद गर्ने र अरू विभिन्न फार्मको कोकन पनि त्यहीँ जम्मा गरिने भएकोले रेशमको धागो पनि बिक्री गरिने व्यवस्था थियो ।

तर, पछि रेशम खेती गर्ने किसानहरूले आफैँ रेशमको धागो कात्न थालेपछि यस केन्द्रले रेशमको धागो कात्न बन्द गरेको छ । धागो कात्ने काम बन्द गरिएपछि धागो प्रशोधन एकाइ पनि बन्द गरिएको छ । हाल यस केन्द्रमा चार हजार किसानलाई लक्षित गरेर कार्यक्रम सञ्चालन हुँदै आएको छ । आयात गरिएका ३५ जातका रेशमकीराहरूको संरक्षण गर्ने काम पनि निरन्तर रूपमा भइरहेको छ ।

किसानहरूले झण्डै ८०% रेशमको धागो संयुक्त राज्य अमेरिका र जापानमा निर्यात गर्छन् र बाँकी कपडा उत्पादनको लागि प्रयोग गर्छन् । यसैगरी, अन्य जिल्लाहरूमा पनि रेशम खेती गर्न सकेमा किसानहरूको आम्दानी मात्रै अभिवृद्धि नभई देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने कुरामा कुनै शंका छैन । वस्तुतः रेशमको कपडा स्वास्थ्यवद्र्धक छ

वातावरण अनुकूल र खेती गर्न सुहाउँदो स्थानमा उपयुक्त जातको रेशमकीरालाई क्रसिङ गरेर फुल उत्पादन गर्ने र वितरण गर्ने कामसमेत केन्द्रले गर्दै आएको छ । प्रत्येक वर्ष किसानहरूको आय र आपूर्तिको आधारमा कार्ययोजना बनाई बजेट तर्जुमा गरिन्छ । तर, तर्जुमा गरिएको बजेटअनुसार काम भने हुन सकेको छैन । मागको आधारमा हाल रेशमका कीराका १० हजार बाकस अण्डा उत्पादन गर्ने लक्ष्य छ । जसमध्ये तीन हजार बाकस फार्महरूले लैजाने र बाँकी सात हजार किसानहरूलाई वितरण गर्ने योजना छ ।

झण्डै एक सय २६ रोपनी जग्गा रहेको यस केन्द्रमा करिब १०० रोपनी जग्गामा किम्बुको बोटहरू छन् । प्रत्येक वर्ष यी बोटहरूको काँटछाँट गर्ने, मलखाद हाल्ने, पानी हाल्ने र गोडमेल गर्ने काम नियमित रूपमा गरिन्छ । तर, यी कामहरू गर्न आवश्यक मात्रामा जनशक्तिको अभाव छ । उक्त केन्द्रले रेशमकीराहरू पाल्ने व्यक्तिहरूका लागि तालिम पनि दिने गरेको छ ।

यसै सन्दर्भमा कृषकस्तरको र अधिकृत स्तरको रेशमकीरा पालनसम्बन्धी सात दिने, पन्ध्र दिने र पैंतिस दिने तालिम वर्षमा २–३ पटक सञ्चालन गरिन्छ । परन्तु सरकारको बेवास्ताको कारण उक्त तालिमहरूको उपयुक्त किसिमबाट सदुपयोग हुन सकेको छैन । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ । अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्न छाडेपछि अहिले किसान लक्षित अनुदानका कार्यक्रम र नमुना फार्मको स्थापना गर्ने कुनै लक्ष्य छैन । यस सम्बन्धमा सरकारले कुनै किसिमको ध्यान दिन सकेको छैन ।

रेशमकीराको एक पुस्ते, दुई पुस्ते र बहुपुस्ते जात हुन्छ । एक पुस्ते रेशमकीरा वर्षको एकपटक किम्बुको पात पलाएको वेलामा पालिने हुँदा कुनै समस्या हुँदैन । दुई पुस्ते जातका रेशमकीरालाई चैत–वैशाख र भदौ–असोजसम्म पालिने हुँदा किम्बुको पातको कुनै समस्या हुँदैन । तर, बहुपुस्ते जातका रेशमकीरालाई वर्षभरि किम्बुको पात चाहिने भएकोले प्लास्टिकको घर बनाएर किम्बुको खेती सुरु गरिएको छ । यसअघि बहुपुस्ते जातका रेशमकीरालाई किम्बुको पात उपलब्ध गराउन कहिले धुनीवेसी र केहिले चितवनमा लगेर पाल्ने गरिएको थियो । तर, अहिले प्लास्टिकको घर बनाई किम्बु खेती गर्न थालिएकोले यो समस्या केही मात्रामा भए पनि समाधान भएको छ ।

०७२ सालको भूकम्पले क्षति पु¥याएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० खोपासीमा रहेको रेशम विकास केन्द्रको भवन जीर्ण भएको छ । यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन सकेको छैन । तर, यसबाट रेशम खेतीको विकासमा भने नकारात्मक प्रभाव परेको छ । उक्त भवन जीर्ण भएपछि किसानहरूलाई आवश्यक पर्ने रेशमका कीराका फूल उत्पादन गरेर वितरण गर्ने र बाँकी संरक्षण गर्न गाह्रो भएको छ । भवनको अभावको कारणले हाल कोरिया र जापानबाट ल्याएका विभिन्न जातका रेशमकीराहरूलाई संरक्षण गर्न कठिन भएको छ । यी कीराहरूलाई राम्ररी संरक्षण गर्न नसकिएमा भविष्यमा रेशम खेतीको विकासमै अवरोध सिर्जना हुनेछ ।

वर्तमान समयमा भूकम्पले चिरा परेको भवनमा कर्मचारीहरू काम गर्ने, कीरा संरक्षण, अण्डा उत्पादन र भण्डारण गरिन्छ । सबै भवन एकै चोटी जीर्णाेद्वार गर्न नसकिने हुँदा भविष्यमा यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान जाने आशा छ । सुरुमा रेशम विकास केन्द्रमा सरकारीभन्दा विदेशी परियोजनाको नमुनाको रूपमा काम भएको थियो । त्यो वेलामा उक्त केन्द्रमा स्रोतसाधनहरू प्रशस्त भएकोले किसानहरू आकर्षित थिए र रेशम खेती पनि फस्टाएको थियो । तर, उक्त परियोजनाको समाप्तिपछि उक्त केन्द्रको अवस्था सन्तोषजनक छैनर किसानहरू पनि त्यति आकर्षित भएका छैनन् ।

रेशम खेतीबाट रेशमको धागो तथा कपडा उत्पादन गर्न सकिन्छ । रेशमको धागो निर्यात गर्न सकेमा धेरै नै धन आर्जन गर्न सकिन्छ । यही कारणले नेपालको दाङ र देउखुरीमा रेशमको खेती गरी आय आर्जन गर्नेहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ । यहाँका किसानहरूले झण्डै ८०% रेशमको धागो संयुक्त राज्य अमेरिका र जापानमा निर्यात गर्छन् र बाँकी कपडा उत्पादनको लागि प्रयोग गर्छन् । यसैगरी, अन्य जिल्लाहरूमा पनि रेशम खेती गर्न सकेमा किसानहरूको आम्दानी मात्रै अभिवृद्धि नभई देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने कुरामा कुनै शंका छैन । वस्तुतः रेशमको कपडा स्वास्थ्यवद्र्धक छ ।

यो जाडो र गर्मीमा पनि लगाउन सकिन्छ । त्यसैले रेशम खेतीको विस्तार गरी रेशम कपडाको उद्योग स्थापना गर्न सके यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । तर, सरकारले रेशम खेतीलाई हालसम्म प्राथमिकता नदिएकोले यसको विकास हुन सकेको छैन । आगामी दिनमा यस खेतीलाई नमुना फार्मको रूपमा विकास गर्न सके केही सुधार हुने आशा छ । तर, यसका लागि वर्तमान सरकारको ध्यान आकृष्ट हुनुपरेको छ ।

प्रतिक्रिया