११ वर्षीय बालकद्धारा आत्मत्या, सुसाइट नोटमा लेखे, मलाई कसैले माया गर्दैन

तस्बिर: दिपक अर्यालको फेसबुकबाट

काठमाडौँ । कक्षा पाँचमा पढ्ने ११ वर्षीय बालक समिर लुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् । ललितपुरस्थीत बागमती गाउँपालिका–२ माल्टाका ११ वर्षीय बालक लुङ्वाले आफू परिवार र विद्यालयबाट समेत अपहेलित हुनुपरेकाले आत्महत्या गर्न बाध्य भएको सुसाइट नोटमा लेखेका छन् ।

सोही गाउँपालिकाको कालिदेवी माध्यमिक विद्यालयको कक्षा पाँचमा अध्ययनरत लुङ्वाले घरपरिवार र विद्यालयका शिक्षक शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गर्न बाध्य भएको बताइएको छ । कक्षामा केटालाई मात्रै पिट्ने र केटीहरुलाई केही पनि नगर्ने र आफूलाई त झनै माया नै नगरेको गुनासो बालकले सुसाइट नोटमा लेखेका छन् ।

उनले लेखेको सुसाईट नोट

मेरो नाम समिर लुङवा हो । म कक्षा पाँचमा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु । मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजुले हेला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दैछु । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भने । म यति भन्दै बिदा माग्छु । म एघार वर्ष भएँ । म जन्मेको महिना कार्तिक १४ गते हो । हस् म यो संसार छोडेर जाँदैछु ।

तीन शिक्षक प्रहरी नियन्त्रणमा

कक्षा ५ मा अध्ययनरत ११ वर्षका विद्यार्थीको शव झुण्डिएको अवस्थामा फेला परेपछि चापागाउँ प्रहरीले विद्यालयका तीन शिक्षकलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

वागमती गाउँपालिका माल्टा स्थित कालीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत समीर लुङ्वाको शव शनिबार राती उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

लुङ्वाको शवलाई पोष्ट मार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । सुसाइट नोट फेला परेपछि शिक्षकहरु गोविन्द तिमिल्सिना, दिवाकर लामिछाने र सरस्वती घिमिरेलाई हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।

प्रतिक्रिया